२०७७ कार्तिक ३

वरिष्ठ पर्यटन ब्यवसायी पाण्डे पाटाकाे सचिव /कोषाध्यक्षमा निर्वाचित

काठमाडौं, २७ असाेज । पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव /कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को १२अक्टोबरमा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फाईज फधीलिल्लाह माथि विजय प्राप्त गरेका हुन् ।

त्यस्तै भियतनामका उम्मेद्धार हाई होे कम्बोडियाका प्रतिस्प्रधी डा. सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन् । वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्ने छन।
वरिष्ठ पर्यटन व्यावसायी पाण्डे एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्ष,  फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, सर्मिट एयर, अलफ्ट काठमाण्डौ होटल र छायाँ सेन्टरका सञ्चालक पनि हुन् । पाण्डे यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपालको अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाईन्स् अपरेटर्स एशोसियसन अफ नेपालको महासचिव, नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्य समेत रहेका थिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016