२०७७ कार्तिक ३

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दुई जना पक्राउ

काठमाडौं, २६ असोज । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

 
प्रहरीले आक्रमणमा संलग्न रविन लामा र रूपेश साहलाई पक्राउ गरेको छ। रुपेश भक्तपुरको सूर्यविनायक र रविन सिरहाबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । पक्राउ परेका रुपेश र रविन दुवै त्रि–चन्द्र क्याम्पसका विद्यार्थी हुन्।  रुपेशको बयानका आधारमा रविनलाई सिरहा प्रहरीको समन्वयमा पक्राउ गरिएको हो ।

 

 

साह र लामाले २० असोजमा त्रिवि परिसरमा उपप्राध्यापक चलाउनेमाथि रड प्रहार गर्दै निर्घात कुटपिट गरेका थिए। विद्यार्थीको आक्रमणबाट घाइते भएका चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लाग्नुको साथै दायाँ खुट्टा भाँचिएको छ।

 

 

पक्राउ परेका लामा र साहलाई परिसर ल्याइ अनुसन्धान थालिएको एसएसपी ज्ञवालीले बताए। आक्रमण संलग्न थप अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।  उपप्राध्यापक चलाउने विद्यार्थी संगठनहरूसँग वार्ता गर्न विभागले बनाएको टोलीका सदस्य थिए। विद्यार्थी र विभागबीच सहमतिको प्रयास गरेकै आधारमा त्रिवि नेविसंघका सचिव योगेन्द्र रावलले यसअघि पनि हात भाँचिदिने धम्की दिएको उपप्राध्यापक केशव सिलवालले बताएका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016