२०७७ कार्तिक ३

निर्माण कम्पनी र स्थानीय उपभोक्ता समितिको अध्यक्षकै मिलेमतोमा काभ्रेको भुम्लु १ सापिङ्गको खानेपानी आयोजनामा मनोमानी काम

काठमाडौं, २५ असोज । काभ्रेको घट्टेखोला भिमसेनथान (लिफ्ट) खानेपानी आयोजनामा भइरहेको विभिन्न कामहरु मध्ये पाईपलाईनमा प्राविधिक अध्ययन भन्दा बाहिर गयर काम गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । पाईप लाईनको कुलो तीन फिट हुनु पर्ने प्राविधिक स्टमेट रहेकोमा ठेगदार पक्षले एक फिट पनि कुलो नवनाई पाईप गाडेको भेटिएको स्थानीयको गुनासो छ ।

 

 

स्थानीयले पटक–पटक निर्माण कम्पनीले स्थानीयका रुपमा जिम्मा दिएको रेशम तामाङ्गलाई तीन फिट कुलो नपुगको जानकारी गराउदा पनि उनले बेवास्ता गरेको बताएका छन् । मापदण्ड अनुरुप काम गर्नुका साटो उनले स्थानीयलाई उल्टै जसलाई पुग्दैन उसैलाई आएर खन्न भनेको एक स्थानीयले जानकारी दिए । प्राविधिक स्टीमेट तीन फिट भएपनि पुरियको पाईप एक फिट पनि नभएकोले कुलोको जिम्मा लिएका तामाङ्गले अवैध मुनाफा कमाउने उद्धेश्यले गुणस्तरहिन काम गरेको स्थानीयको आरोप छ ।

 

रेशम तामाङ्ग उत्तm खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष समेत हुन । अध्यक्ष जस्तो जिम्मेवार व्यक्ति भएर पनि उनले स्थानियहरुको सल्लाह र माग भन्दा बाहिर गएर काम गर्ने गरेको जानकारहरु बताउछन् । उनकै कारण पाईपलाईनमा पनि यस्तो समस्या आएको र उनको चाहना यो आयोजनालाई दिगो र गुणस्तरीय बनाउनु भन्दा पनि कमिसनको पछि लागेको स्थानीयले बताए ।

 

 

यतीसम्म कै अध्यक्षको हैसियतामा स्थानीयको आवाज बोल्नुपर्ने ठाउँमा स्थानियसँग बिवाद गर्दै ठेकेदार कम्पनीलाई आफू अनुकुल काम गर्न सघाएको आरोप छ । कम्पनीले पाईप लाईनको कुलो खन्ने जिम्मा स्थानिय खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेशम तामङ्गलाई दिएको भएपनि पछि फिल्डमा उनका भाई राम बहादुर तामाङ्गले स्थानिय महिलाहरु लगाई सुरुमा प्रतिदिन ६ सय रुपैयाँका दरले (हाजिरीमा) दिने भन्दै पाईपको कुलो खन्न लगाएको र पछि हाजिरामा काम लगाउदा घाटा लाग्ने भयो भन्दै मिटरको दरले खन्न लगायका थिए । एक मिटर खनेर पाईप पुरेको सय रुपैया दिने सर्तमा काममा लगाएको कामदारले बताए । पछि काम गर्नेहरुले सय रुपैयामा खन्न पुर्न दुवै नसक्ने भनेपछि बीस रुपैयाँ थपिदिने भनेपछि कुलो खन्ने काम अगाडि बढेको थियो । तर कुलो तीन फिट पुगेको छैन ।

काम लगाउने राम वाहादुर तामाङ्ग स्थानिय विद्यालयका प्रधानाध्यापक समेत हुन ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016