२०७७ कार्तिक ३

पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध

काठमाडौं, २४ असोज । पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानी दूरसञ्चार प्राधिकरण (पीटीए) ले शुक्रबारबाट टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।

 

 

पाकिस्तान सरकारले ‘अनैतिक र अश्लील’ सामग्री फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ । पीटीएले टिकटकले अवैध सामग्री नियन्त्रणका लागि सन्तोषजनक विधि अपनाएपछि मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने बताएको छ ।

 

 

टिकटक चिनियाँ कम्पनीको बाइटडान्सको एप हो । जसमा छोटो अवधिमा भिडियो राख्न सकिन्छ । पाकिस्तानले टिकटकलाई आपत्तिजनक सामग्रीका विषयमा गत जुलाई महिनामै चेतावनी जारी गरेको थियो । तर, टिकटकका तर्फबट सन्तोषजनक कदम नचालिएपछि प्रतिबन्ध लगाउने कदम चालिएको बताइएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016