२०७७ कार्तिक ३

दानाको मूल्य बढ्दा अण्डा उत्पादन ४० प्रतिशतले घट्यो

्काठमाडौं, २४ असोज । दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा विक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक संघले बताएको छ ।

 

 

संघका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ ।
यो कुल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन बढ्दै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको संघले बताएको छ ।

 
देशको कुल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करीब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करीब एक प्रतिशत योगदान रहेको छ । ‘बन्दाबन्दी अगाडि दानामा भएको चर्को मूल्यवृद्धिका कारण करीब ५० प्रतिशत किसान यो व्यवसाय छाडेका ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016