२०७७ कार्तिक ३

जापानीज खानाका पारखीलाई लक्षित गरि भाटभटेनीबाट “बेन्तो” बिक्री सुरु

काठमाडौं, २३ असोज । होटल पार्क भिलेजले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा नेपालमा पहिलो पटक जापानी खाना “बेन्तो” नेपाली बजारमा ल्याएको छ । आजदेखि बिक्री शुरू सुरु भएको बेन्तो हाललाई ५ विभिन्न किसिमका हुने बताइएको छ । उक्त खाना होक्काइडो रामेन हाउसअन्तर्गत बन्ने छ । भाटभटेनी सुपरमार्केटमा बिक्री गरिने ‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार पार्ने बताइएको छ ।

 

 

तरकारीहरू आफ्नै बारीमा फाउँने र अरू सामाग्रीहरू पनि जापानमा तालिम प्राप्त स्टाफहरूले विशेष ध्यान पु¥याइ छान्नेछ जानकारी दिइएको छ । बेन्तो होक्काइडो रामन हाउसको सेन्ट्रल किचेनमा सावधानिपूर्वक तयार हुने बताइएको छ । अहिले बेन्तो नक्सालको भाट भटेनीमा मात्र उपलब्ध हुने रामेन हाउसले जनाएको छ । तर निकट भविष्यमा नै भाटभटिनीका अन्य शाखाहरुमा पनि उपलब्ध हुने बताइएको छ ।

 

 

बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरि काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिए । “बेन्तो” भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार समावेश गरिएको हुन्छ ।

होक्काइडो रामेन हाउसको मूल उद्देश्य नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु रहेको बताइएकोे छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016