२०७७ कार्तिक ३

बंगलादेशसँग लिने सापटी मल ल्याउन अझै २ महिना लाग्ने

काठमाडौं, २२ असोज । नेपाल सरकारले बंगलादेशसँग सापटीमा लिन लागेको ५० हजार मेट्रिकटन युरिया मल नेपाल ल्याउन अझै २ महनिा लाग्ने भएको छ । सार्वजनिक खरीद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्दा मल ढुवानीमा लामो समय लाग्ने देखिएको हो । मल ढुवानी गर्न असोज ५ गते कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का आह्वान गरेको थियो ।

 
पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव गरे पनि सबैभन्दा कम मूल्यमा प्रस्ताव गरेको जेन्ट्रेड एफजेडएफ नामक यूएईको कम्पनीले ठेक्का पाएको छ । जेन्ट्रेड कम्पनीलाई सम्झौताका लागि आउँदो शुक्रवारसम्मको समय दिइएको छ । ढिलोमा आइतवारसम्ममा सम्झौता हुन सक्ने कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ ।

 

 

कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार बंगलादेश सरकारले बंगलादेशको चटगाव बन्दरगाहबाट मल नेपाल ल्याउन अनुमति दिएको छ । बंगलादेश सरकारले चटगाव बन्दरगाहमा नेपाललाई मल हस्तान्तरण गरेपछि ठेकेदार कम्पनीले ढुवानी थाल्नेछ । करिब ७० दिनभित्र सबै मल नेपाल आइपुग्ने उनले बताए । बंगलादेश सरकारले उक्त बन्दरगाहमा मल उपलब्ध गराएको २० दिनभित्र पहिलो लट नेपाल आइपुग्ने बताइएको छ । तर, हालसम्म बंगलादेश सरकारले सो बन्दरगाहमा मल उपलब्ध गराएको छैन । धानबालीका लागि युरिया मलको चरम अभाव भएपछि सरकारले बंगलादेशसँग मल सापटी मागेको थियो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016