२०७७ कार्तिक ३

गाउँपालिकालाई दुध र जुसमा आत्मा र्निभर बनाउने लक्ष्यमा अगाडी बढेका छौं : अध्यक्ष अरुण गाउँपालिकाका

स्थानीय तहमा भएका विकास निर्माण र सो क्षेत्रका समस्या उजार गर्ने उद्धेश्य सहित हामीले स्थानीय तहका प्रमुखहरुसँग संवादको श्रृङखला सुरु गरेका छौं । स्थानीय तह गठन भए पश्चात भएका विकास र समस्याबारे आजको श्रृङखलामा भोजपुरको अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीसँग पत्रकार गणेश विष्टले गरेको संवादको सम्पादित अंश  : 

 
तपाई निर्वाचित भएर आएपछि गाउँपालिकाको विकासको कार्यप्रर्गती कस्तो छ ?
हामी निर्वाचित भएर आए पछि जनतालाई महसुस हुने खालका विकास निमार्णका कामहरु कामहरु गरिएको छ । खोपानीलाई मुख्य प्रथामिक्तामा राखेका छौ अहिले सम्म ९५ प्रतिशत जनताको घरमा खाने पानी पु¥र्याएका छौ । कृषी तथा पशुपालनको क्षेत्रमा हामीले बृहत योजना ल्यायका छौ । गाउँपालिकालाई दुध र जुसमा आत्मा र्निभर बनाउने लक्ष्यका साथ काम अगाडी बढाएका छौ । यो गाउँपालिकामा घाँस प्रस्सत मात्रामा पाईने भएकोले गरिव तथा ईच्छुक प्रत्येक कृषकलाई उन्नत जातको गाई अनुदानमा उपलव्ध गराउने र उत्पादित दुधलाई गाउँपालिकाले संकलन केन्द्रको व्यवस्था गर्ने र बाहिर पठाउने । कृषी क्षेत्रमा भने केही योजनाहरु ल्याएका छौ । हाम्रो गाउँपालिकाले सुत्केरी भेट्ने कार्यक्रम राखेको छ । गाउँपालिका भित्र जो महिला सुत्केरी हुन्छन् गाउँपालिका अध्यक्ष , उपाध्यक्ष, र सम्वन्धीत वडाको वडा अध्यक्ष सहितको टोलि गएर एउटा भाले, दुई के.जी चामल, लगाएत अन्य सुत्केरीलाई आवश्यक प्रर्ने कुरा लिएर जान्छौ । त्यो भेट्ने भनेको उसको पारिवारिक अवस्था कस्तो छ भनेर बुझ्नु हो । आर्थिक अवस्था कम्जोर भएकालाई थप खानेकुराको व्यस्था गरेका छौ । उपचार गर्न नसक्नेलाई उपचारका लागि पनि पठाएका छौ । अहिले सम्म आर्थिक अवस्था कम्जोर भएका सुत्केरी महिलालाई काठमाण्डौ सम्म पु¥र्याएर उपचार गरेका छौ । गाउँपालिकाका सवै वडाहरुलाई गाउँपालिका संग जोड्न सडक विस्तारको काम भई रहेको छ । पुराना सडको स्तर उन्नति तथा नयाँ सडक विस्तारको काम अघि बढेको छ । त्यस्तै सामाजिक क्षेत्रमा योग्दान पुर्याउने व्यक्तिलाई राजनितिमा योगदान पुर्याउने व्यक्तिलाई कदर पत्र सहित सम्मान गर्ने विशेष योजनाका साथ काम गरेका छौ ।

 
जनताले महसुस गर्ने गरि भएका मुख्य कामहरु के के छन् ?
घर घरमा खानेपानीको व्यवस्था मिलाएका छौ सिचाईका लागि लिफ्टिङ खानेपानी आयोजनको काम गरिरहेका छौ । जस अन्तरर्गत खोपानीको मुहान सफा गर्ने, संरक्षण गर्ने, नयाँ मुहानको खोजी गर्ने मुहान नभएको ठाउँमा डिपवोरिङ पद्धतीद्धारा पानी निकाल्ने लगाएतका योजनाको काम भयो । सवै वडामा सडक सञ्जालले छोएको छ । ठुला मालबहक गाडी जान सक्ने गरि सडक स्तर उन्नतिको काम भएको छ । विद्युत विस्तारको क्षत्रमा सेमत काम गरिएको छ ।

 
स्थानिय तहबाट जे सुविधा पाउनु पर्ने थियो त्यो पाउन नसकेको जनताको गुनासो छ नि ?
हामीले सकेसम्म सेवा दिने कोशिस गरेका छौ । कोरोना संक्रमण तथा विविध कारणले सोचे अनुसारको विकास निमार्ण गर्न सकिएन । हाम्रो क्षमताले भ्याउने सम्मको काम गरेका छौ ।

 

विकास बजेटमा समस्या तथा चुनौतीहरु के छन् ?
जनताको अपेक्षा धेरै छन् मुख्यत विकास बजेटमा कमी आउनु नै मुख्य समस्या हो । केन्द्र तथा प्रदेश सरकारले पनि कमै मात्र बजेट दिएको छ त्यसले पनि सोचे जस्तो काम गर्न सकिएको छैन् । समयमा काम सक्नलाई म आफै पनि अनुगमनमा गएको छु । प्रदेश तथा केन्द्र सरकारका बाहेक सवै योजना समयमा नै सम्पन्न भएका छन् । प्रदेश तथा केन्द्र सरकारका योजनाहरु भने छुटै रुपमा सञ्चालन हुने भएकाले केही समस्या देखिएको छ ।

 

कोरोना रोकथाम तथा नियन्त्रणमा कसरी काम गरिरहनु भएको छ ?
सके सम्म कोरोना रोकथाम तथा नियन्त्रणमा गाउँपालिका लागेको छ । गाउँपालिकाका नागरिकलाई बचाउने दायित्व हाम्रो हो त्यस तर्फ हामी गम्भिर भएर लागेका छौ । लकडाउनका कारण अतिनै समस्यामा रहेका नागरिकलाई राहत दिएका छौ, भने गाउँपालिका बाहिर रहेका पहिलो चरणमा छुटेका नागरिकलाई पनि राहत दिने तयारी छ ।’ गाउँपालिकाका नागरिकलाई बचाउन सके बिकासका काम आगमी वर्ष पनि गर्न सकिन्छ । हाम्रो गाउँपालिका जिल्ला प्रबेश गर्ने मुख्य नाकामा पर्दछ । त्यसैले वडा नम्वर ६ जरायोटारमा अन्य स्थानिय तहका नागरिकलाई समेत राख्न मिल्ने गरि ८० वेड क्षमतको होल्डी सेन्टर बनाएका छौ तर सरकारले लकडाउन खोले संगै त्यसमा राख्न छाडिएको छ ।

 

यस बर्षका योजनाहरु के के छन् ?
कोरोना संक्रमणका कारण खास नयाँ त्यस्ता योजानाहरु केही छैन, पहिलोत कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्नु छ । पर्यटनको क्षत्रमा योजना बनाएर काम गर्नु छ । निमाणाधिन सडकहरुको स्तरउन्नति गर्ने , सवैको घरमा खाने पनीको व्यवस्था गर्ने विद्युत विस्तारको कामलाई प्रथामिक्ताका साथ काम गर्ने योजना बनाएका छौ । कृषहरुलाई जंगली जनावर बाँदर दुम्सीले धेरै दुख दिएको छ यसको नियन्त्रणमा लाग्ने योजना बनाएका छौ । गाउँपालिकाको तल्लो क्षेत्रमा कृर्षकलाई आत्मार्निभर बनाउन माछा पालनको लागि काम भई रहेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016