२०७७ कार्तिक ३

साइबर अपराध सम्बन्धी मुद्दामा पूर्वडीएसपी दोषी ठहर

काठमाडौं, १८ असोज । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहरिएका छन् ।
खड्काले आफ्नो फेसबुक आईडीबाट बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

 

 

तत्कालीन महानगरीय अपराध महाशाखामा खड्काविरुद्ध भाइबुहारी समुना खड्काले किटानी जाहेरी दिएपछि दुई वर्षअघि उनी पक्राउ परेका थिए । त्यसबेला उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । बुहारी सुमिनाले आफ्नै जेठाजु खड्काबाट आपत्तिजनक शब्द प्रयोग गरेको प्रमाणसहित उजुरी दिएकी थिइन् ।

 

 

वैवाहिक जीवनको २५ वर्षपछि नेपालगन्जबाट बुहारी सुमिनालाई बोक्सीको आरोप लगाएर घरबाट कुटपिट गरी निकालेको समेत आरोप छ । त्यसयता बुहारी बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छिन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016