२०७७ कार्तिक ३

“नबोली नबोली” बोलको गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडौं, १० असोज । नेपाल आइडल सिजन –३ का फस्ट रनरअप प्रविण बेडवाल र समिक्षा अधिकारीको स्वरमा “नबोली नबोली” बोलको गीत बजारमा आएको छ । संगीतकार अर्जुन पोखरेलको संगीत तथा कम्पोज अनि शब्दमा सजिएको गीतमा युवा पुस्ताको माया प्रेमको अवस्थालाई चित्रित गरिएको छ ।


गीत सार्वजनिक भएपछि गायक बेडवालले दर्शक श्रोताहरुको मायालाई सम्मान गर्दै आफूले राम्रो प्रयास गरेको प्रतिक्रिया दिएका छन् । गीतको म्युजिक भिडियो पनि कथासहित उत्कृष्ट बनाइएको छ । यो गीतमा तपाईहरुको यथार्थता पनि जोडिएको हुन सक्छ । ‘मैले मेरो क्षमताले भ्याएसम्म उत्कृष्ट स्वर भरेको छु,’ बेडवालले भने, ‘दर्शकको माया अनि साथको नतिजाले थप नयाँ नयाँ काम गर्न हौसला मिल्ने छ ।’

 
यसअघि प्रविणले स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको शब्द ‘उनको प्रीति पहिले हो कि’ बोलको गीत ल्याएको थिए । जसलाई श्रोताहरुले अत्याधिक मन पाएका छन् । यो गीतको अहिले पनि बजारमा निकै चर्चा छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016