२०७७ कार्तिक ३

मल ठेक्का प्रकरणमा अदालतले भन्यो– महामारीको कारण देखाएर उन्मुक्ति मिल्दैन

काठमाडौं, ८ असोज । रासायनिक मलको ठेक्का अलपत्र पार्ने २ ठेकेदार कम्पनीलाई सरकारले गरेको कारबाहीउपर अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ।

 
दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेज र होनिको मल्टिपलले ठेक्का सम्झौताअनुसारको दायित्व पुरा नगरेको र कोभिड १९ महामारीकै बीच ठेक्कापट्टा भएकाले यसलाई असामान्य परिस्थितिको कारण ढिलाइ भएको मान्न नसकिने भन्दै धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने सरकारको निर्णयउपर अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो। उच्च अदालत पाटनका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको बुधबारको संयुक्त इजलाशले अन्तरिम आदेश दिन नहुने फैसला गरेको हो।

 
तोकिएको समयमा मल ल्याउन नसकेपछि गत भदौ २१ गते कृषि सामग्री कम्पनीले ती दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने र जमानत जफत गरी कालोसूचीमा राख्नेसमेत निर्णय गरेको थियो। कृषि सामग्रीको यो निर्णयविरुद्ध दुवै कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।

 

कृषि सामग्री कम्पनीको भदौ २१ गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले भदौ ३० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016