२०७७ मंसिर १३

टानले एक वर्षमा गरेका १० कामहरु यस्ता छन्

काठमाडौं, २ असाेज । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान)का पदाधिकारीहरुले कोभिड–१९ को चुनौतीलाई अवसरको रुपमा बदल्ने प्रतिबद्धता जनाएका छन् । खुम बहादुर सुबेदीको नेतृत्वको पदाधिकारीले पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसरमा जारी विज्ञप्तीमा कोभिडको चुनौलाई अवसरको रुपमा लिन आफ्ना सदस्यहरुलाई आग्रह गरेका छन् ।
संघको ४१ औं वार्षिक साधारण सभा भएको एक वर्षको अवधिमा टानको वार्षिक कार्यक्रमबाट अघि सारेका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामा राखि कार्यक्रमहरु सम्पन्न गर्ने प्रयास गरेको उल्लेख छ । कोभिडका कारण भ्रमण वर्ष–२०२० लाई महामारीले गम्भीर असर पारेको ठहर गरेको छ

टानले एक वर्षमा गरेका १० कामहरु यस्ता छन्ः

१. कोरोनाले सबैभन्दा बढी प्रभाव पारेको पर्यटन क्षेत्रको पुनरुत्थानको लागि व्यवसायीहरुलाई र यस क्षेत्रमा काम गर्ने श्रमिक वर्गको लागि सरकारबाट राहतका कार्यक्रमहरु ल्याइयोस भनी विभिन्न निकायहरु(प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागमा) कर छुटको व्यवस्था, न्युनतम व्याजदरमा बिना धितो ऋणको व्यवस्था, पर्यटकीय नगरीमा रहेका क्षेत्रमा घरभाडा छुटको व्यवस्था, नविकरण समयमा नै गर्न नभ्याएका कम्पनीहरुहरुको लागि समायवधि थप गर्ने र विलम्ब शुल्क नलिने जस्ता मागहरु राखी ज्ञापन पत्र बुझाउने कार्य गरियो । पर्यटन व्यवसायीहरु एक ढिक्का भएर नेपाल सरकारलाई विभिन्न माध्यमहरुबाट, सिघ्र आउन लागेको बजेट २०७७।०७८ को बजेट वक्तव्यमा व्यवसायीहरुका मागहरु सम्बोधन गरियोस भनी दबाव दिने कार्य गरियो । जसको परिणाम, बजेटमा पर्यटन व्यवसायीहरुका धेरै मागहरु सम्बोधन भएका छन ।
२. नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन बिधेयक सम्बन्धमा टानको नेतृत्वमा पर्यटनसंग सम्बद्ध संघ संस्थाहरुसंग विभिन्न चरणमा बैठक बसी सबै संघ संस्थाहरुको धारणा राख्दै पर्यटन बिधेयक मस्यौदामा सुझाव दिने कार्य गरियो ।
३. हाम्रा सदस्य कम्पनीमा प्रबन्धक निर्देशक÷ प्रोपाइटरहरुलाई राहत मिलोस भन्ने हेतुले टानले माछापुच्छ«े बैंकसँग सम्झौता गरी के्रडिट कार्ड सुविधाको व्यवस्था गरेको छ ।
४. हाम्रा सदस्य कम्पनीमा कार्यरत गाईडहरुलाई राहत मिलोस भन्ने हेतुले टानले माछापुच्छ«े बैंकसँग सम्झौता गरी के्रडिट कार्ड सुविधाको व्यवस्था गरेको छ ।
५. हाइकिङलाई स्वास्थ्यसँग जोड्दै काठमाडौं उपत्यका नजिकैका सबै डाँडाहरुमा भ्रमण वर्षभरि हाइकिङ कार्यक्रम गराउने संघको योजनाअनुरुप विश्व पर्यटन दिनको अवसर पारेर चन्द्रागिरी क्षेत्रको सुइचाटारदेखि सुइजरल्याण्ड पार्कसम्म ३०० जनाको वृहत सहभागितामा भव्यताका साथ विश्व पर्यटन दिवसको आयोजना गरियो ।
६. पछिल्लो समयमा टान र नेपाल पर्यटन बोर्डसँग गरिएको सम्झौताबमोजिम नेपालका विभिन्न पर्यटकीय गन्तव्य स्थलहरुमा टिम्स चेकपोस्टको स्थापना गर्ने योजना अनुरुप मेलम्ची क्षेत्र, रसुवाको वेत्रावती क्षेत्रमा टिम्स चेकपोस्टको स्थापना गरियो ।
७. नेपाललाई हिउँदे पर्यटन प्रवद्र्धनमा टेवा मिलोस भन्ने हेतुले भ्रमण वर्षको सचिवालयको र टानको सहकार्यमा नेपालमा नै पहिलो पटक विश्वको अग्लो स्थान गोक्योमा आइस हक्कीको आयोजना गरियो ।
८. नेपालको पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमअनुरुप टान तथा साधारण सदस्य ज्यूहरुले लस एन्जल डीएफ एडभेन्चर ट्राभल मार्टमा भाग लिएको ।

९. टानका साधारण सदस्यहरुको, परिवार तथा कर्मचारीहरुको स्वास्थ्य सेवा सुविधा सहज र शुलभ रुपमा प्रदान होस भन्ने उदेश्यले टान र ह्याम्स अस्पतालसँग सम्झौता ग¥यो ।
१०. पदयात्रा व्यवसायलाई चाहिने थप जनशक्तिको आवश्यकता अनुरुप महिला गाईड तालिम, पोटर ट्रेकिंग गाईड तालिम जस्ता कार्यक्रमहरुको आयोजना गर्दै नेपाल सरकारले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सक्रिय सहभागिता जनायो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016