काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता लम्ब्याइने

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता लम्ब्याइने

काठमाडौं । कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्ब्याउँने तयारी भएको छ । कोरोना संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी गरिएको हो ।

मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।

संक्रमणदर पनि नघटेको र मान्छेको आवतजावत पनि निरन्तर देखिएकाले निषेधाज्ञामा कडाइ गर्दै एकसाता थप्न लागिएको हो । हाल जारी निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar