पिसिआर नगरेका यात्रु ल्याएको एयर अरेबियाविरूद्ध छानबिन गर्न समिति
काठमाडौं, १४ भदौ । सरकारको निर्णय विपरीत पिसीआर नगरि यात्रु ल्याएको भन्दै एयर अरेबियाविरूद्ध संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ।
सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान अनुमति दिने निर्णय गरेपछि २५ अगष्टमा युएईको सारजाहबाट आएको अरेबियाको जहाजले पिसिआर परीक्षण रिपोर्ट नभएका यात्रु पनि ल्याएको थियो।
सरकारले पिसिआर परीक्षण सम्भव भएका मुलुकबाट उडान गर्दा अनिवार्य पिसिआर गरेकामात्र ल्याउनुपर्ने यदि रिपोर्ट नभएका यात्रु ल्याएमा एयरलाइन्सलाई कारबाही गर्ने निर्णय गरेको थियो। अरेबियाको उक्त विषयमा छानबिन गर्न मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा एक छानविन समिति बनाएको छ।








भिडियो
Leave a Reply
Be the First to Comment!