२०७७ श्रावण २३

वैदेशिक ऋण तिर्ने म्याद सार्ने नेपालको प्रस्तावमा चीन, भारत र अमेरिका चुपचाप

काठमाडौं, १७ साउन । सरकारले कोरोना महामारीका कारण दातृराष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट लिएको ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्ने मिति परिवर्तन गर्न छलफल तीव्रता बनाएको छ। देशभित्रको कर्जा र ब्याज तिर्ने भाका सार्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको सरकारले सोसम्बन्धी कार्यविधि समेत बनाइसकेको छ तर आफैँले विदेशबाट लिएको ऋण तथा सहयोगको भने भाका सार्ने विषयमा अहिलेसम्म निर्णय गराउनसकेको छैन।

 

 
अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त विषयमा सहयोगी देश र निकायहरुसँग छलफल भने भइरहेको छ। अर्थमन्त्री डा. युवराज खतिवडा आफैँले विश्व बैंक, आईएमएफ, अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार विकास बैंकजस्ता बहुपक्षीय विकास संस्थालगायत संयुक्त राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीसँग कोरोनाले नेपालको अर्थतन्त्रमा असर पारेकाले म्याद सार्न आग्रह गरेका छन् ।

 

 
तर अर्थमन्त्रीको पहलका बाबजुद पनि चीन, भारत, अमेरिकाजस्ता देशले सकारात्मक प्रतिक्रिया नदिएको स्रोतले बतायो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016