२०७७ श्रावण २३

शंकास्पद ‘सुन अप्रेशन’ : प्रहरीले घटना स्थल नै नक्कली बनाएको खुलासा

काठमाडौं, १५ साउन । गएको मंगलबाट काठमाडौं प्रहरीले कमलादीबाट बरामद गरेको साढे १४ केजी पहेलो धातु, आधाकेजी सुन र २ थान पेस्तोलको अनुसन्धान थप पेचिलो बनेको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले गरेको सो अप्रेशको घटनास्थल नै परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।


काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको उल्लेख गरेका थिए । तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको सीसी क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।
महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । घटना अनुसन्धानको जिम्मा काठमाडौँ प्रहरीबाट खोसेर अपराध महाशाखालाई दिइएको छ ।

 

दरबारमार्गका डीएसपी दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कार्पियो भागेको प्रहरीको दावी छ । स्कार्पियोमा चालक बाहेक तीनजना सवार थिए । स्कार्पियो छाडेर काठमाडौंबाट भागेका तीनजनालाई महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको समन्वयमा दुम्कीबासबाट पक्राउ गरिसकेको छ । उनीहरुलाई बिहिबार विहान काठमाडौं ल्याइएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016