२०७७ श्रावण २३

धादिङ कांग्रेसका नेता कार्कीद्वारा स्थानीय तहको निर्देशन उल्लंखन गर्दै कोल्पुखोलामा बालुवा निकाल्न मजदूरको असुरक्षित प्रयोग

धादिङ, १४ साउन । नेपालीमा प्रसिद्ध एउटा आहान छ, ‘जो अगुवा उही….!’ यो आहानलाई धादिङ जिल्ला नेपाली कांग्रेसका एक स्थानीय नेताले चरितार्थ गर्दैछन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गल्छी गाउँपालिको अध्यक्षको उम्मेदवार बनेका बिनोद कार्कीले पछिल्लो समय वर्षाको उर्लर्दो भेलमा मजदूरको सुरक्षालाई बेवास्ता गर्दै बालुवा निकाल्ने कामको नेतृत्व गरेका छन् ।

 

स्थानीय सरकारले नदी तथा खोलामा बालुवा उत्खन्नका लागि मेसिन प्रयोगमा रोक लगाएपछि उनले नुवाकोट र धादिङको सिमा क्षेत्रमा रहेको कोल्पुखोलामा सयौं मजदूरहरु प्रयोग गरेर बालुवा निकाल्न लगाएका छन् । उनको टिममा रमेश तिवारी, प्रकाश कार्की सहित ५ जान रहेको बुझिएको छ।  बालुवा झिकेर दैनिक २ देखि ३ हजारसम्म कमाइ हुने भएपछि स्थानीय मात्रै हैन, अन्य जिल्लाकाहरु पनि त्रिशुली नदिका विभिन्न क्षेत्रमा आएर बसोबास गर्ने गर्छन । तर उर्लंदो नदीबाट बालुवा झिक्दा सुरक्षा सतर्कता नअपाउने र असावधानीले हरेक वर्ष मजदूरहरुको मृत्यु हुने गरेको भन्दै त्यसलाई रोक्न स्थानीय सरकारले सुरक्षा कवजको प्रयोग गरेर मात्र काममा लगाउन निर्देशन दिएको छ।

 

 

गल्छीगाउँपालिकाका अनुसार मजदूरलाई खोलामा बालुवा निकाल्न लगाउनु पूर्व उनीहरुको बीमा गर्नुपर्ने छ भने लाईफ ज्याकेटको अनिवार्य प्रयोग गर्नुपर्छ । तर कार्कीले बालु्वा निकाल्न प्रयोग गरेका कसैले पनि लाईफ ज्याकेट लगाएका देखिदैनन् भने मजदूरहरुलाई बीमाबारे त झनै जानकारी नै छैन् । एक मजदूरले हिमाली खबरसँग भने, ‘ ३, ४ दिन देखि यहाँ काम गरिरहेका छौं, दैनिक ज्यालादारीमा काम गरेको हो, बीमाबारे त कुनै जानकारी नै छैन् ।’ उर्लंदो भेलमा पसेर बालुवा निकाल्नु निकै जोखिमपूर्ण भएपनि आर्थिक उपार्जनको अर्को कुनै विकल्प नभएको बताए । ‘बालुवा झिक्न नदी पस्दा कम्तीमा लाइफ जाकेट लगाए जोखिम कम हन्छे,’ गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले भने, ‘हामीले बालुवा निकाल्न सहमति लिन आउनेलाई अनिवार्य बीमा गराउनुपर्ने, लाईफ ज्याकेटको प्रयोग लगायत उर्लंदो नदीमा पस्दा न्यूनतम सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छौं ।’

 

 

तर बालुवा उत्खन्न गर्ने कार्कीले गाउँपालिकाको निर्देशनलाई खिल्ली उडाउदै न त सहमति दिएका छन् न त सुरक्षा संवेदनशिलतामा ध्यान नै दिएका छन् । हरेक वर्ष वर्षायामको सुरुवातसँगै कोल्पुखोला, त्रिशुली, बेल्खु लगायतका खोलामा यसरी नै बालुवा निकाल्ने गरिन्छ । तर पछिल्लो समय सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय तहले कार्यान्वयन्मा ल्याएको निर्देशनलाई समेत खिल्ली उडादै काम गर्दा सयौं मजदूरको ज्यान जोखिममा परेको छ । त्यसकारण सरकारी निर्देशनको उल्लंघन गर्नेलाई तत्काल कडा कारबाही गर्नुपर्ने माग छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016