२०७७ श्रावण २३

चिनीको मूल्य आकासियो

काठमाडौं, १४ साउन । चिनीको मूल्य अकासिएको छ। मुलुकभित्र चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतोमा चिनीको मूल्य अत्यधिक वृद्धि गरेका छन्। अहिले खुद्रामा चिनीको मूल्य प्रतिकिलो एक सय १० रुपैयाँसम्म पुगेको छ।

 

 
बजार मूल्य हस्तक्षेपको भूमिका खेल्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा बजार मूल्य वृद्धि भएको हो। यही बेला स्वदेशी उद्योगसँगसमेत मौज्दात सकिएको छ। मौज्दात सकिएको मौकाको फाइदा उठाउँदै व्यापारीले मूल्य बढाएका छन्। नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो ३ दिनको अवधिमा चिनीको उपभोक्ता मूल्य वृद्धि भएको हो। संघका अनुसार प्रतिकिलो चिनीमा १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ।

 

 

संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको चिनीको खुद्रा पसलले एक सय रुपैयाँसम्म बिक्री गर्न थालेका छन्। ‘तीन दिन अघिसम्म खुद्रामा ८५ देखि ९० रुपैयाँसम्ममा चिनी बिक्री भएको थियो । साल्ट ट्रेडिङ कर्पोरेसनसँग अहिले एक हजार ३ सय टन चिनी मौज्दात छ। तर उक्त चिनी साल्टले आपतकालीन अवस्थाका लागि भण्डारण गरी राखेको छ। साल्टले आफ्नो स्टक सक्ने क्रममा रहेको र नसक्दै आयात गर्नुपर्ने भन्दै गत चैत अगावै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमतिका लागि पत्राचार गरेको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016