२०७७ श्रावण २३

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारलाई कोरोना

काठमाडौं, १३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रबर्ट ओ ब्रायनलाई कोरोना भएको छ। उनी कोरोना पोजिटिभ भएका ट्रम्प प्रशासनका अहिलेसम्मकै उच्च अधिकारी हुन्। उनी गत सातादेखि घरमै बसेर काम गरिरहेका थिए। कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ६ सय ६३ पुगेको छ भने १ लाख ४७ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ।

 

 
स्वास्थ्य विज्ञहरुले देशभर पुनः लकडाउन लगाउन आग्रह गरेका छन्। अमेरिकामा चार दिनदेखि दैनिक १ हजारको संख्यामा मृत्यु भएपछि विज्ञहरुले यस्तो आग्रह गरेका छन्। यसैबीच, गूगलले घरबाटै काम गर्ने निर्णयलाई जुलाई २०२१ सम्म लम्ब्याएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016