२०७७ श्रावण २३

अजोड इन्स्योरेन्सको शेयर सूचीकरण गरिने

काठमाडौं, १२ साउन । अजोड इन्स्योरेन्सको आइपीओ दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । अजोड इन्स्योरेन्सले केही समयअघि निष्काशन गरी बाँडफाँड सकेको आइपीओ सेयर सूचिकरणको सम्झौता गरेको हो ।

 

 

शेयर सूचीकरण सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

 

 

कम्पनीले सर्वसाधारणसमक्ष एनआईबिएल एस क्यापिटल मार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी ग रेको ७० लाख कित्ता शेयर समेत गरी जम्मा एक करोड कित्ता शेयर वितरण भई नेप्सेमा सूचीकरण भएको हो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016