२०७७ श्रावण २३

सुनील थापा सहित राप्रपाका नेताहरु कांग्रेस प्रवेश गर्दै

काठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापासहितका नेताहरू नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । राप्रपाको वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेका थापासहितका नेताहरूले शनिबार पार्टी परित्याग गर्दै कांग्रेस प्रवेशको तयारी गरेका हुन् ।

 

 

सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगको निरन्तर छलफलमा रहेका थापालाई कांग्रेसले पदाधिकारीसहित पार्टी प्रवेश गराउने तयारी गरेको हो । थापाले कांग्रेस महामन्त्रीको दाबी गर्दै आएपनि उनलाई सहमहामन्त्री दिने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

 

 

थापासहित ३० जनाले शनिबार पार्टी अध्यक्षलाई पत्र लेखेर पदबाट राजीनामा दिंदै पार्टी ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेको उल्लेख गरेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016