साम्राज्ञीले चरित्रहत्या गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गर्दै भुवन केसी अदालतमा
काठमाडौं, ९ साउन । अभिनेता भुवन केसीले नायिका साम्राज्ञी शाहविरुद्ध बेइज्जतीको मुद्दा दायर गरेका छन् । काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबीसहित साम्राज्ञीविरुद्ध आज उजुरी दर्ता गराएका हुन ।
अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीका अनुसार उजुरी दर्ता भएर प्रक्रियामा अगाडि बढिसकेको छ । गत असार १२ गते एक भिडिओ सार्वजनिक गर्दै नायिका साम्राज्ञीले भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन्। चलचित्र छायांकनको क्रममा अपमान गर्नुका साथै धेरै पटक दुर्व्यवहार गरेको उनको आरोप थियो।
तर भुवनले जुन थालमा खायो त्यही थालमा दुलो पारेको प्रतिक्रिया दिएका थिए। त्यसपछि भुवनले अनावश्यक आरोप लगाएर चरित्र हत्या गरेको भन्दै सामाजिक सञ्जाल मार्फत अपमान नगर्न चेतावनी दिएका थिए। उक्त चेतावनीसँगै भुवनले छानविनका लागि कलाकार संघमा उजुरी समेत दिएका थिए।








Leave a Reply
Be the First to Comment!