२०७७ मंसिर १३

पर्यटन व्यवसायिद्वारा विद्युत् डिमाण्ड शुल्क मिनाहा र विद्युत् महशुलमा छुट माग

काठमाडौं, ९ साउन । पर्यटन सम्बद्ध  दुई दर्जन संघ-सस्थाले कोभिड–१९ को कारण उत्पन्न विषम परिस्थितिमा विद्युत् डिमाण्ड शुल्क मिनाहा तथा विद्युत् महशुलमा छुटको माग गरेका छन् । पर्यटन व्यवसायी सम्बद्ध संगठनहरूले ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपत् समन्वय समितिका संयोजक भविश्वर शर्माको नेतृत्वमा शुक्रवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई संयुक्त रूपमा मागपत्र बुझाएका हुन् ।

 
‘कोभिड–१९ द्वारा सिर्जित महामारीका कारण नेपालको पर्यटन व्यवसाय पुनः सुचारु गर्न नपाउँदा लाखौंको रोजगारी गुमेको र खर्बौं घाटा भइरहेको सर्वविदितै छ । बन्दाबन्दीका कारण हाल ठमेल लगायत अन्य पर्यटकीय क्षेत्रका घरधनी र व्यवसायीहरू आफ्नो घर तथा व्यवसाय बन्द गरी बसिरहेको विषम परिस्थितिमा पनि प्रयोग नगरीकन विद्युत् युनिटको लाखौं रकम विद्युत् प्राधिकरणलाई डिमाण्ड शुल्कबापत भुक्तानी गर्नुपर्दा हामी ठूलो मर्कामा परेका छौं,’ विद्युत् नियमन आयोग, सानो गौचरण र नेपाल विद्युत् प्राधिकरण, रत्नपार्कलाई बोधार्थ दिइएको उक्त निवेदनमा भनिएको छ, ‘यो विषम परिस्थितिमा डिमाण्ड शुल्क मिनाहा गरी विद्युत् युनिट उठेको आधारमा लकडाउन तथा बन्दाबन्दी शुरू भएको मितिदेखि कम्तीमा दुई वर्षसम्मका लागि ५० छूट गरिदिनु हुन पर्यटन क्षेत्रका सबै छाता संगठनहरूद्वारा संयुक्त रूपमा गठित कोभिड–१९ पर्यटन व्यवसायी विपत् समन्वय समिति माननीय मन्त्रीसमक्ष यो ज्ञापनपत्रद्वारा विनम्र अनुरोध गर्दछ ।’

 
समितिका संयोजक शर्माले आफुहरुको मागलाई सम्बोधन गरिदिन आग्रह गरे।  त्यस्तै उक्त अबसरमा उपस्थित विभिन्न संघ संस्थाका अध्यक्ष पदाधिकारीहरूलाई समेत धन्यवाद समेत व्यक्त गरे ।

 
ज्ञापनपत्र मार्फत संयुक्त रूपमा आफ्ना माग पेश गर्ने पर्यटन सम्बद्ध संगठनहरूमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल पर्वतारोहण संघ, नेपाल फ्रेट फरवार्डर्स एशोसिएशन (नेफा), होटेल एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल पर्यटक यातायात व्यवसायी संघ, टुरिस्ट बस एशोसिएशन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी संघ नेपाल, नेपाल र कैलाश यात्रा संघ, हिमाल उद्धार संघ, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोटोनेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो), एक्सपिडिसन अपरेटर्स एशोसिएशन नेपाल, गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन), शेर्पा पर्यटन व्यवसायी संघ नेपाल (यसिटन), नेपाल मगर पर्यटन समाज, तनहुँ पर्यटन प्रवद्र्धन समाज, टुरिस्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान), नेपाल योगा एशोसिएशन र गाउँले पर्यटन नेपाल छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016