२०७७ श्रावण २३

बिजुलीको पोल ढल्दा बेलकोटगढि नगरपालिकाको अधिकाम्श क्षेत्र २ दिनदेखि अन्धकार

काठमाडौं, ८ साउन । नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका वडा ६ मा बिजुलीको पोल ढल्दा २ दिनदेखि सो क्षेत्र अन्धकार छ । देउरालीमा वडा ६ को कार्यालय भवन निर्माणको लागि केही समयअघि घडेरि खार्ने क्रममा लापरबाही गर्दा पोल धरापमा थियो । अविरल बर्षाले  अस्ति सो पोल ढलेको स्थानीयले जानकारी  दिए ।

 

२ दिनदेखी नगरपालिका भित्रको देउराली , भगेरी, डडुवा, महादेव खर्क, सालखर्क लगायत क्षेत्र अन्धकार छ । विधुत प्राधिकरणलाई ताकेता गर्दा अझै पनि कुनै सुनुवाइ नभएको गुनासो छ । पोल ढल्दा कुनै क्षति भने भएको छैन ।

 

बिकासको नाममा मनोमानी

 

सो घडेरि  खार्दा  ब्यक्तिगत रिसइबिले अब्यहारिक ढंगले काम गरिएको आरोप छ । अझ घडेरी खार्दा ९५  घण्टा डाेेेेजर सन्चालन गरेपनि १ सय २० घण्टाको बिल पेस गरि भुक्तानी लिएको एक स्थानीयले हिमाली खबरलाई जानकारी दिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016