२०७७ श्रावण २३

‘अबको तीज नो व्रत प्लिज’ गीत हटाउन धम्की, गायिका पुगिन् प्रहरीमा

काठमाडौं, ८ साउन । गायिका सोफिया थापाको ‘अबको तीज, नो व्रत प्लिज’ बोलको गीत विवादित बनेको छ । गीत आइतबार (४ साउन) मात्रै हाइलाइट्स नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक भएको थियो।

 

 

गीतले हिन्दु संस्कार र तीजको मर्ममाथि प्रहार गरेको भन्दै यूट्यूब र सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ । गीत हटाउन धम्की दिंदै विभिन्न व्यक्तिबाट फोन र फेसबूकमा धम्कीपूर्ण मेसेज आइरहेको गायिका थापाले बताइन्। विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको नामबाट विज्ञप्ति निकालेर गीत हटाउन दबाब दिइएको उनको भनाइ छ।

 
गीत सार्वजनिक भए लगत्तैदेखि हटाउन धम्की आइरहेको र नहटाए भौतिक आक्रमण गर्ने चेतावनी दिएर मानसिक दबाब दिएको उनले बताइन् । यसैबीच, गीतको विषयमा धम्की आउने क्रम नरोकिएपछि गायिका थापाले प्रहरीमा उजुरी दिएकी छिन्।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016