२०७७ मंसिर १३

वर्षा अझै तीन दिनसम्म कायमै रहने

काठमाडौं, ६ साउन । मनसुन सक्रिय भएसँगै आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिनसम्म कायम रहने भएको छ । मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेका कारण देशका अधिकांश भूभागमा बिहीबारसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश नम्बर २, ५, गण्डकी प्रदेश र बागमति प्रदेशका विभिन्न स्थान भारी वर्षा भइरहेको छ । प्रदेश नम्बर १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 
काठमाडौं उपत्यकामा पनि बिहानैदेखि लगातार वर्षा भइरहेको छ । यो क्रम आज दिनभर जारी रहने महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार उपत्यकासहित देशैभर आगामी तीन दिन लागातार वर्षा हुनेछ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढि वर्षा रुपेन्देहीमा भएको छ । जहाँ १ सय ९० मिलिमिटर वर्षा भएको छ भने कपिलवस्तुमा १ सय १० मिलिमिटर वर्षा भएको मौसमविद् शाक्यले जानकारी दिइन् ।

 

 

उनका अनुसार मकवानपुर गढीमा ११४, पोखरामा १०५, धनुषामा ९८, सिमरामा ८३ काठमाडौं उपत्यकामा ५५.३ मिलिमिटर वर्षा भएको छ । त्यस्तै परासी ५९, धनकुटामा ३१ दार्चुलामा ३१ मिलिमिटर वर्षा भएको छ । ५० मिलिमिटरभन्दा बढि वर्षा भएको अवस्थालाई भारी वर्षा भन्ने गरिन्छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016