२०७७ माघ १२

को बन्ला नेपाल लाईफको नयाँ सिईओ, झालाई नै फर्काउने संचालकको मनस्थिती

काठमाडौं, ६ साउन । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) विवेक झाले गतसाता देखि विश्राम लिएका छन् । लगातार दुई कार्यकाल ८ वर्ष इन्स्योरेन्सको सिईओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा बाहिरिएसँगै अव कम्पनीको सिईओ को होला भन्ने बिमा बजारमा चर्चा सुरु भएको छ। जीवन बिमा क्षेत्रकै सबैभन्दा ठूलो कम्पनी भएकाले पनि सिईओबारे चासो हुनु स्वभाविक नै हो ।

 

 

अहिलेलाई कामू सिईओको जिम्मेवारी सन्तोष प्रसाईलाई दिएको छ । कतिले उनैलाई सिईओ बनाउने सम्भावना रहेको अड्कल काटेका छन् । झा नेपाल लाइफमा सिईओ बन्दा चुक्ता पूँजी ६३ करोड रहेको थियो भने अहिले चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ छ । यस्तै १३ अर्ब ५३ करोड रहेको लगानी बढेर ८६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । ८ वर्ष अगाडि नेपाल लाइफमा कुल बीमा शुल्क ३ अर्ब ९० करोड थियो अहिले २ खर्बभन्दा बढी छ ।

 

 

यो अवस्थामा अब कसले कम्पनीलाई ड्राइभ गर्ला भन्ने चासो छ ।  तर संचालन समितिले भने तत्काल नयाँ सिईओको खोजीमा लागिसकेको छैन । केही समय प्रसाईले नै कम्पनी चलाएपनि पछि पुनः झा नै जिम्मेवारीमा ल्याउने  प्रबल सम्भावना रहेको छ । “उनी ६ महिना आराम गरेर पुनः नयाँ जोश र जागरका साथ काममा आउने छन् ।” स्रोतले हिमाली खबरसँग भन्यो । झालाई संचालक समितिले केही समय आराम मात्र दिएको र उनको विकल्प खोज्ने मनस्थितीमा नरहेको बुझिएको छ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016