२०७७ श्रावण २३

गन्तव्य नेपालको संयोजनमा ५ जिल्लाका १५ स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, ३ साउन । गन्तव्य नेपालको संयोजनमा बोधिसत्व विहारले ५ जिल्लाका १५ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गन्तव्य नेपालले हिजो नक्साल हात्तीसारस्थित अरण्य बुटिक होटलमा आयोजना गरेको ‘कोरोना डिफेन्स अवार्ड’ वितरण कार्यक्रममा नुवाकोटका सात, गोरखाका तीन, धादिङका दुई, दैलेखका दुई र काठमाडौंको एउटा सामुदायिक स्वास्थ्य केन्द्रलाई पिपिई सेट, एन-९५ तथा मेडिकल मास्क, सर्जिकल ग्लब्स, स्यनिटाइजर, फिनाइल लगायत स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री प्रदान गरियो ।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशेष अतिथि संघीय सांसद बहादुर सिंह लामा र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलसँगै बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शीले ती स्वास्थ्य केन्द्रका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरे ।
कोरोना महामारीसँग जुध्न समाजका विभिन्न क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्याएकाहरूलाई सम्मान गर्न गन्तव्य नेपालले ‘कोरोना डिफेन्स अवार्ड-२०२०’ घोषणा गरेको थियो, जसअन्तर्गत विभिन्न क्षेत्रमा क्रियाशील १७ सामाजिक व्यक्तित्व सम्मानित भएका छन् ।

 
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया नेतृत्वको पाँच सदस्यीय अवार्ड छनोट समितिमार्फत देशभरबाट छनोटमा परेका अभियन्ताहरूलाई पूर्वप्रधानमन्त्री डा. भट्टराईले अवार्ड प्रदान गरे । कार्यक्रममा ‘नेपाल लकडाउन फुड च्यारिटी’ सञ्चालन गरी जारी महामारीबीच ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाएको र देशभरका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, कारागार, सुरक्षाकर्मी, पत्रकार लगायतलाई स्वास्थ्य सामग्री वितरण गरेको बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड–२०२०’ले सम्मानित गरियो ।

 

यस्तै, महामारीबीच गाउँगाउँमा स्वास्थ्य सामग्री वितरण लगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल–मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरियो । अन्य १४ सामाजिक व्यक्तित्व ‘कोरोना डिफेन्स अवार्ड–२०२०’ बाट सम्मानित भए ।
यसरी सम्मानित हुनेमा कामपा वडा–३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरु तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरी कितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ताहरु क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की, पत्रकारहरु रामजी बगाले, शिव देवकोटा, फोटो पत्रकार तेजबहादुर बस्नेत छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016