२०७७ माघ १३

संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो

काठमाडौं, २७ असार । आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ ।
यस्तै खाले विश्व महामारी, प्राकृतिक प्रकोप, मानव सृजित युद्ध जस्ता घटनाले संसारको जनसंख्यामाथि खतरा आउने गरेको छ ।

 

 
वर्ल्डोमिटरका अनुसार ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । यस वर्ष ४२ करोड ८० लाख बढीको जन्म हुँदा ३० करोड ९७ लाख व्यक्तिको मृत्यु भएको छ । सबैभन्दा बढी जनसंख्या चीनमा १ अर्ब ४३ करोड ९४ लाख, भारत १ अर्ब ३८ करोड ४ लाख, अमेरिका ३३ करोड १० लाख, इण्डोनेशिया २७ करोड ३६ लाख, पाकिस्तान २२ करोड १० लाखभन्दा बढी रहेको छ ।

 

 

यसैगरी दश बढी जनसंख्या रहेका थप देशमा ब्राजिल २१ करोड २६ लाख, नाइजेरिया २० करोड ६२ लाख, बंगलादेश १६ करोड ४७ लाख, रुस १४ करोड ५९ लाख तथा मेक्सिको १२ करोड ८९ लाख रहेको छ । क्षेत्रगत रुपमा एशिया ४ अर्ब ६४ करोड १० लाख, अफ्रिका १ अर्ब ३४ करोड, यूरोप ७४ करोड ७६ लाख, ल्याटिन अमेरिका ६५ करोड ३९ लाख, उत्तर अमेरिका ३६ करोड ८८ लाख, ओसिनीया ४ करोड २६ लाख रहेको छ ।

 
धर्मगत आधारमा हेर्दा क्रिष्चियन धर्मावलम्बी ३१ प्रतिशत अर्थात् २ अर्ब १७ करोडभन्दा बढी रहेको छ । जसमा यस धर्मको हाँगाको ५० प्रतिशत क्याथोलिक, ३७ प्रतिशत प्रोटेष्ट्यान्ट, १२ प्रतिशत अर्थोडक्स र १ प्रतिशत अरु रहेका छन् ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016