२०७७ श्रावण २३

नवनियुक्त आईजीपी थापाको चेतावनी– बर्दीमा दाग लगाए निर्मम कारवाही हुन्छ

काठमाडौं, २५ असार । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले बर्दीमा दाग लगाउने प्रहरीमाथि निर्मम कारवाही हुने चेतावनी दिएका छन्। बिहीबार आईजीपीको कार्यभार सम्हाल्दै प्रहरी महानिरीक्ष क्षेत्रीले कसैले पनि बर्दीमा दाग लगाउँछ भने त्योमाथि निर्ममरुपमा कारवाही हुने चेतावनी दिए ।

 

 

उनले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरीका रुपमा नठान्न पनि आग्रह गरेका छन्। प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले त्यो वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए। देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

 

 

आईजीपी क्षेत्रीले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए। प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार गर्न उनले प्रहरीलाई आग्रह गरे। अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन पनि उनले प्रहरी अधिकृतलाई निर्देशन दिए। फरक प्रसंगमा आईजीपी क्षेत्रीले सरुवा, बढुवा, तथा वृत्तिविकासमा दबाब र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएकाले मूल्यांकनमा अब्बल व्यक्ति नै छनोट हुने स्पष्ट पारे।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016