२०७७ श्रावण २३

कानपुरमा आठ सुरक्षाकर्मी मारिएपछि भारतमा सर्वाधिक खोजिएका गुन्डा नाइके विकास दुबे पक्राउ

काठमाडौं, २५ असार । भारतमा गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा सर्वाधिक खोजीमा परेका एक गुन्डा नाइके विकास दुबे पक्राउ परेका छन्। दुबेले नेतृत्व गरेको एउटा आपराधिक समूहलाई गत शुक्रवार पक्राउ गर्न जाँदा आक्रमणमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा आठ जनाको मृत्यु भएको थियो।

 

 
उक्त घटनापछिको झन्डै एक सातादेखि फरार रहेका दुबेलाई मध्यप्रदेश राज्यको एउटा मन्दिरमा पक्राउ गरिएको हो। केही भारतीय सञ्चारमाध्यमले उनी भागेर नेपाल छिरेको वा छिर्न सक्ने आशङ्का व्यक्त गरेका थिए। उनको तस्बिर भएका पोस्टरहरू नेपाली सीमासँग जोडिएका जिल्लाहरूमा टाँसिएको र प्रहरी उच्च सतर्कतामा बसेको नवभारत टाइम्सले जनाएको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016