भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

नयाँ दिल्ली । भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ। शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश ः १०० रूपैँया ९१ पैसा र ८९ रूपैयाँ ८८ पैसा (भारू) प्रतिलिटर कायम भएको छ। दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ।

अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन्। देशभर दरहरू बढाइएको भए पनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ। महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रतिलिटर १०६ रूपैँया ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रतिलिटर ९७ रूपैँया ४६ पैसा पुगेको छ।

मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ। यहाँ पेट्रोल प्रतिलिटर १०९ रूपैयाँ २४ पैसा र डिजेलमा प्रतिलिटर ९८ रूपैयाँ ६७ पैसा तोकिएको छ। त्यस्तै कलकत्तामा पेट्रोल प्रतिलिटर १०१ रूपैयाँ ०१ पैसा र डिजेलमा प्रतिलिटर ९२ रूपैयाँ ९७ पैसा कायम भएको छ।

प्रकाशित मिति:     २६ असार २०७८, शनिबार  |    Himali Khabar