२०७७ श्रावण २३

काभ्रेमा ९० लाख बराबरको बुद्धचित्त लुटियो, लुटेरा समूह खोज्दै प्रहरी

काठमाडौं, १२ असार । बिहीबार मध्यराती हतियारसहित आएको समूहले रोशी गाउँपालिका–३ सिपालीमा ९० लाख बराबरको बुद्धचित्तको दाना लुटेको छ । करिब तीनदर्जनको हाराहारीमा लुटपाट गर्न आएको समूहले वीरबहादुर तामाङको बारीमा रहेको रुखको ९० लाखको बुद्धचित्तको दाना लुटेको प्रहरीले जनाएको छ ।

 

 
बुद्धचित्तको रुखको सुरक्षाका लागि राति कुरेर बसेका ५ जनालाई लुटेरा समूहले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।  वीरबहादुरले उक्त रुखमा रहेको बुद्धचित्तको दाना स्थानीय व्यापारीलाई ९० लाखमा बेचिसकेका थिए । बुद्धचित्तसहित भाग्न सफल लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016