२०७७ श्रावण २३

बमजन आश्रममा भएको प्रहरी हस्तक्षेपबारे बोधि श्रवण धर्म संघद्वारा जनता समाजबादी पार्टीलाई जानकारी

काठमाडौं, ९ असार । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रबर्द्धक (महा सम्बोधी धर्म संघ गुरुज्यु) रामबहादुर बमजनको आश्रममा भएको प्रहरी हस्तक्षेपबारे बोधि  श्रवण धर्म संघले जनता समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएको छ ।

 

 

केही दिनअघि  केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा हस्तक्षेप गरि अभद्रता प्रदर्शन गरेेेको भन्दै धार्मिक आस्थामाथि सरकारको उक्त ब्यवहार निन्दनीय भएको संघका केन्द्रिय सचिव भुमि देवकोटाले पार्टी अध्यक्ष यादवलाई जानकारी गराए ।

 

 

त्यस्तै संघले हिजै मात्र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाउदै उक्त घटनाबारे जानकारी गराएको थियो ।

यसअघि  जिल्लाका संघका पदाधिकारीहरुले सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई बिरोध पत्र बुझाउदै हस्तक्षेपको निन्दा गरेका थिए ।

 

 

संघले प्रहरीले आश्रमको मुल गेटमा रहेका चार जनालाइ बाहिर निकाली हात ठड्याएर नित्यकर्म समेत गर्न नदिएको, आश्रमको चारै तिर प्रहरी तैनाथ गरि २ वटा कुकुरको प्रयोग गरेको, बोधि धर्मका ८ जना अनुयायीलाई नियन्त्रणमा लिएको, सन्यासी गुरुहरुलाइ अभद्र व्यवहार गरि धार्मिक आस्था माथी हस्तक्षेप गरेको आरोप छ । हरेक नागरिकको धार्मिक मार्गमा लाग्न पाउने संबैधानिक ब्यबस्था माथी प्रहरी हन्न गरेको आरोप छ ।

 

प्रहरीले नियन्त्रणमा लिएका गुरुहरुलाइ शारीरिक एबम मानसिक असर दिएर धार्मिक स्वतन्त्रतामा हनन पुर्याएको  सचिव देवकोटाले  बताए  । धर्म  निरपेक्ष देशको नागरिकको हैसियत, मानव अधिकारको ब्यबहारिक अनुभुती हुने व्यबहार गर्न आग्रह गर्दै उनले प्रहरी दमनको सदनामा आवाज बुलन्द  पारिदिन  अध्यक्ष यादवलाई आग्रह गरे ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016