२०७७ श्रावण २३

बमजन आश्रममा गरिएको प्रहरी हस्क्षेपको चौतर्फि बिरोध, हस्तक्षेप कायमै राखे कडा आन्दोलनको चेतावनी

काठमाडौं, ८ असार । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रवद्र्धक (महा सम्बोधि धर्म संघ गुरु) रामबहादुर बमजनमाथि भएको प्रहरी हस्क्षेपको बोधि श्रवण धर्म संघ काठमाडौंले बिरोध जनाएको छ। यसअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाई बिरोध जनाएको संघले आज पत्रकार सम्मेलन गरि पुनः बिरोध जनाएको हो ।

 

केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा हस्तक्षेप गरि अभद्रता प्रदर्शन गरेको संघको आरोप छ । पटक–पटक अनावश्यक दुख दिने र कुनैपनि धार्मिक मार्गमा लाग्न पाउने हकमाथि हस्तक्षेप गर्नु नेपालको संविधान विरोधी कार्य भएको संघको काठमाडौं उपाध्यक्ष सुवलाल थिङले बताए ।

 

 

प्रहरीले आश्रमको मुल गेटमा रहेका चार जनालाइ बाहिर निकाली हात ठड्याएर नित्यकर्म समेत गर्न नदिएको, आश्रमको चारै तिर प्रहरी तैनाथ गरि २ वटा कुकुरको प्रयोग गरेको, बोधि धर्मका ८ जना अनुयायीलाई नियन्त्रणमा लिएको, सन्यासी गुरुहरुलाइ अभद्र व्यवहार गरि धार्मिक आस्था माथी हस्तक्षेप गरेको उनले पत्रकार सम्मेलनमा बताए । हरेक नागरिकको धार्मिक मार्गमा लाग्न पाउने संबैधानिक ब्यबस्था माथी प्रहरी हन्न गरेकोमा आपत्ती जनाउदै प्रहरीले गरेका हकर्त आम नागरिकलाई सार्वजनिक गर्न आग्रह गरेको छ ।

 

 

संघले प्रहरीले नियन्त्रणमा लिएका गुरुहरुलाइ अनुसन्धानका क्रममा विभिन्न यान्त्रिक, मनोबैज्ञानिक र भौतिक यातना न होस भन्नेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै, यस विषयमा सम्यमित हुन आग्रह गर्दै, धर्म निरपेक्ष देशको नागरिकको हैसियत , मानव अधिकारको ब्यबहारिकअनुभुती हुने व्यबहार गर्न पनि गरेको छ ।धार्मिक आस्थामाथि अनावश्यक प्रहरी हस्क्षेप कायमै रहे कडा आन्दोलन चेतावनी समेत उनले दिए ।

 
प्रहरीले यसअघि माघ २४ गते पनि छापा मारि यस्तै अभद्र ब्यबहार प्रदर्शन गरेको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016