२०७७ श्रावण २३

बमजन आश्रममा प्रहरीले गरेको अभद्र व्यबहार प्रदर्शन प्रती बोधि श्रवण धर्म संघको बिरोध

काठमाडौं, ५ असार । बोधि मार्ग दर्शन मैत्री धर्मका प्रबर्द्धक (महा सम्बोधी धर्म संघ गुरुज्यु) रामबहादुर बमजनको आश्रममा भएको प्रहरी हस्तक्षेपप्रती बोधि श्रवण धर्म संघले बिरोध जनाएको छ । गत बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा हस्तक्षेप गरि अभद्रता प्रदर्शन गरेेेको भन्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बिरोध पत्र बुझाएका हुन।

संघले प्रहरीले छापामारी गरेका क्रियाकलाप आममानिसलाइ सार्बजनिक गर्न आग्रह गरेको छ । प्रहरीले आश्रमको मुल गेटमा रहेका चार जनालाइ बाहिर निकाली हात ठड्याएर नित्यकर्म समेत गर्न नदिएको, आश्रमको चारै तिर प्रहरी तैनाथ गरि २ वटा कुकुरको प्रयोग गरेको, बोधि धर्मका ८ जना अनुयायीलाई नियन्त्रणमा लिएको, सन्यासी गुरुहरुलाइ अभद्र व्यवहार गरि धार्मिक आस्था माथी हस्तक्षेप गरेको आरोप छ । हरेक नागरिकको धार्मिक मार्गमा लाग्न पाउने संबैधानिक ब्यबस्था माथी प्रहरी हन्न गरेको संघले बुझाएको बिरोध पत्रमा उल्लेख छ ।

“प्रहरीले नियन्त्रणमा लिएका गुरुहरुलाइ अनुसन्धानका क्रममा विभिन्न यान्त्रिक, मनोबैज्ञानिक र भौतिक यातना न होस भन्नेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउदै, यस विषयमा सम्यमित हुन आग्रह गर्दै, धर्म निरपेक्ष देशको नागरिकको हैसियत , मानव अधिकारको ब्यबहारिकअनुभुती हुने व्यबहार गर्न आग्रह गर्द छ ।” संघका अध्यक्ष निलबहादुर थिङले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख  छ ।

 

 

प्रहरीले यसअघि माघ २४ गते पनि  छापा मारि यस्तै अभद्र ब्यबहार प्रदर्शन गरेको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016