२०७७ आश्विन १०

पर्यटन व्यवसायी र चीनका लागि नेपाली राजदूत पाण्डेबीच भेटवार्ता

काठमाडौं, २८ जेठ । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँग पर्यटन व्यवसायीहरुले भेट गरेका छन् । कोरोना संक्रमणको महामारीका बीच व्यवसायीहरुले राजदूत पाण्डेलाई भेटी बधाई दिनुका साथै दुई देशबीचको सम्बनध थप प्रगाढ र पर्यटन प्रवद्र्धनमा विशेष पहल गर्न सुझाएका छन् ।

 

 

कोरोनाले विश्वव्यापी रुपमै निमत्याएको संकटले पर्यटन क्षेत्र संकटमा परेको छ। पर्यटक आगमन ठप्प हुँदा पर्यटकीय क्रियाकलापहरु ठप्प प्रायः छ । यो अवस्थामा व्यवसायीहरुले संक्रमण कम हुँदै गएपछि पर्यटन प्रवद्र्धनमा राजदूत पाण्डेले विशेष पहल गर्नुपर्ने सुझाएका छन् ।

 
नेपालमा पर्यटक आउने शीर्ष मुलुक मध्ये चीन एक हो । सरकारले गत फागुनमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएर पूर्वपराराष्ट्रमन्त्री पाण्डेलाई नयाँ राजदूत गरेको हो ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016