२०७७ श्रावण २३

कोरोना भाइरस संक्रमण र मानव चुनौती

रमेशकुमार महत

हिजो जुन ५ अर्थात विश्व वातावरण दिवस । विश्वभर वातावरण दिवस मनाइने दिन । अहिले विश्वनै कोभिड १९ कोरोना भाईरसको संक्रमणको कारण लकडाउनको अवस्थामा रहेको छ । फलस्वरुप राष्ट्र संघिय कार्यक्रम मध्ये विश्व व्यापी रुपमा मनाइने एक महत्वपूर्ण कार्यक्रम विश्व वातावरण दिवसको त्यति चहलपल हुन सकेन । यसले एउटा पाठ के सिकाएको छ भने मानव सभ्यता र प्रकृति एकअर्का विच अन्यनाश्रित हुन् र मानव जीवनमा प्रकृतिक प्रभाव कति अस्तित्वमा हुन्छ भन्ने स्पष्ट गरेको छ ।

 

 

विश्व वातावरण दिवस:  वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । यस कार्यक्रमले सम्पुर्ण मानव जातिहरुमा वातावरणीय चेतना जगाउने कार्य गर्दछ । र यो कार्यक्रम विश्वभर विविध कार्यक्रमहरु गरि धुनधामका साथ मनाइने गरिन्छ । प्रकृति, जैविक विविधता र मानवबीचको सम्बन्ध ।

 
पृथ्वी ८० लाख बोट बिरुवा र पशु प्रजातिहरूको साझा घर हो भने जैविक विविधताको प्रथ्वीको सतहमा,जमिन भित्र र जलमा जिउने सबै प्राणीहरुको जीवनको अस्तित्व हो । जैविक विविधताले पृथ्वीको स्थलीय, पानी र समुद्री विभिन्न प्रजातिहरूका प्रकार, भिन्नता, अन्तरसम्बन्ध साथै उनीहरूको वासस्थानसमेतलाई जनाउँछ । पृथ्वीमा सबै प्राणी र जीवजन्तुको जीवनका लागि मात्र नभई मानव समाजलाई विकसित हुन आवश्यक पर्यायवरणीय प्रकृतिक वस्तु र उपभोग्य सेवाहरूका लागि पनि जैविक विविधताको विशेष महत्त्व रहेकोछ । जैविक विविधताको महत्वको दृष्टिकोणमा नेपाल क्षेत्रफलको हिसावले विश्वको ९० औँ स्थानमा रहेपनि जैविक विविधता तथा वातावरणीय सम्वृद्धिका हिसाबले अग्रस्थानमा रहेको नेपालको विश्वको अन्य मुलुकको तुलनामा छुट्टै महत्व रहेको छ । जैविक विविधता नेपालको महत्वपूर्ण पक्ष हो । सानो मुलुक भएपनि हिमालको उच्च शृृङ्खला पहाड,तराईका समथर भु भागहरु र यस भित्र रहेका जैविक विविधता नेपालको विशिष्ट पहिचान हो । यसको प्रकारको प्रकृतिक सम्पत्तिके संरक्षण गर्नु सबैको दायित्व हो ।

 

 

वातावरणिय प्रभावमा विश्व: मानव जीवनको अधिकतम प्रकृतिको उपभोग र विकासको असन्तुलित प्रयोगको कारण अहिले प्रथ्बि र वायुमण्डलीय प्रभाव दिनानुदिन बड्दैछ । जसको कारण पछिल्लो ४० वर्षमा पृथ्वीका ५२ प्रतिशत वन्यजन्तु लोप भैसकेका छन् । यसरी विश्वमा तिव्रगतिमा बढिरहेको वन्यजन्तु तथा वनपैदावारको अवैध चोरीशिकारी तथा व्यापारका कारण पृथ्वीको मूल्यवान जैविक विविधता माथि ठुलो प्रभाव रहेको छ । बढ्दाे  वन विनास, वन्यजन्तुको आवासमा अतिक्रमण, तीव्र कृषि क्षेत्रको विकास र जलवायु परिवर्तन लगायत मानवीय कार्यहरूले प्रकृतिमाथि ज्यादतीको सीमा नाघेको छ । जसको प्रत्यक्ष असर जैविक विविधतामा परेको छ । जैविक विविधता नष्ट गर्दै गर्दा हामीले मानव जीवनको अत्यावस्यक प्राकृतिक श्रोतहरु समेतलाई नष्ट गर्दैछौ। प्रकृतिले हामी मानव जातिलाईनै विनाशको सङ्घारमा रहेको सङ्केत गर्दैछ भने झण्डै १० लाख जनावर र बोट प्रजातिहरू संसारबाट चाँडै लोप हुने अवस्थामा छन् ।अहिले विश्व नै एउटा यस्तो जटिल प्रकृतिक प्रकोपको मोडमा उभिएको छ, जहाँबाट धेरै जैविक अस्तित्वहरूको ठुलो क्षति हुने खतरा रहेकोछ ।मानव क्रियाकलापको असरले सिर्जित जलवायु परिवर्तन, जलवायु परिवर्तनले बढाएको पृथ्वी सतहको तापक्रम अनि बढ्दो तामक्रमले निम्त्याएको डढेलो । यसैगरी वन जङ्गलको विनाश, पशुपन्छीको उठिबास र मानव-जङ्गली जनावरबीचको द्वन्द्व र सङ्घर्षको फलस्वरूप भित्रिएको महामारीले पुष्टि गरिसकेको छ कि मानव क्रियाकलाप र मानव स्वास्थ्य कति घनिष्ठ रूपमा प्रकृति र प्राकृतिक संसारसँग जोडिएको छ । हामी प्रकृतिसँग यति निजकसँग जोडिएका छौँ कि प्रकृतिविना हाम्रो अस्तित्वको कल्पनासम्म पनि गर्न सकिँदैन ।

 

हामी (मानवजाति) विना पनि प्रकृति (अझ सुन्दर तरिकाले) चल्न सक्छ तर प्रकृतिविना हामी चल्न वांच्न समेत सकिदैन । यसरि नर्विकल्प रहेको मानव जीवन र प्रकृति विचको सम्वन्धको कारण प्रकृति संरक्षण मानव जीवनको पहिलो कर्तव्य हुनु पर्दछ । मानवले प्रकृतिलाई संरक्षण गरेन भने पनि प्रकृति असुरक्षित हुने वा प्रकृति समाप्त हुने छैन किनकि प्रकृति त हाम्रो उत्पतिपूर्व पनि चलेकै थियो र हाम्रो समाप्तिपश्चात् पनि चली नै रहनेछ । यति मात्र हो । हामीले गरेको प्रकृति विनाशले स्वयं हामी मानव जातिको विनाशको कारण बन्नेछ । अब पनि प्रकृति संरक्षणको कार्य नगर्ने हो र प्रकृतिका बारेमा नसोच्ने हो भने भविष्यमा प्रकृतिले पनि हाम्रा बारेमा न सोच्नेछ, न सोच्ने समय नै दिनेछ । अहिले विश्व मानव सभ्यताले सामना गर्नु परिरहेको कोभिड १९ कोरोना भाइरस संक्रमण, पूर्वी अफ्रिकादेखि भारतसम्मको सलह किराको आक्रमण जस्ता घटनाक्रमहरूले जैविक विविधतासँग मानव जीवनको परस्पर निर्भरता प्रमाणित भइसकेको छ । आज त हामी यस कोरोना भाइरसको माहामारीबाट घरमा लुकेर बच्दै छौँ, बाचौँला पनि तर भविष्यमा लुकेर,भागेर पनि ज्यान बचाउन नसक्ने प्रकृति प्रकोपको अवस्था नआउला भन्न सकिन्न । यसबाट बाच्न र सहज तरिकाले जिउनको लागि हामिले गरेको प्रकृति माथिको दोहन र प्रकृतिलाईनै चुनौती दिई हामिले खडा गरेको भौतिक संसारमा भावी सन्ततिले जीवन जिउनको लागि फेर्ने स्वासको लागि पनि सङ्घर्ष गर्नु पर्ने दिन पनि नआउला भन्न सकिन्न ।

 

चुनौति र समाधान : हामीले खाने खाना, फेर्ने सास, पिउने पानी र हाम्रो पृथ्वीलाई बस्नयोग्य बनाउने जलवायु सबै प्रकृतिक श्रोतहरु हुन् । प्रकृतिले हामीलाई दिने सबै फाइदाहरूका बाबजुद हामी अझै पनि यसलाई दुरूपयोग गर्दै यसको विनाश गर्दै छौँ । स्वच्छ जीवन र स्वस्थ शरिरको लागि पनि प्रकृति संरक्षणको आवश्यक छ जुन हाम्रै लागि हो । आज हाामी  वस्ने धर्ती हामीले  जिउने प्रकृतिक श्रोत हाम्रो लागि भन्दा  हामीलाई हानी  गर्ने जिवाणुहरुको लागि योग्य हामिले नै वनाईदिदै छौ । अहिले हामी जे जति समस्याबाट गुज्रिरहेका छौँ, ती सबको समाधान प्रकृतिभित्रै छ । आवश्यक छ त जैविक विविधता र वातावरणको संरक्षण र दिगो व्यवस्थापनका बारे सोच्ने र लाग्ने समयको । फलस्वरूप जलवायु परिवर्तनमा कमी, पिउने पानी र खाद्य सुरक्षाको प्रत्याभूति मात्र नभई कोरोना जस्ता माहामारीबाट बचाउन समेत मद्दत गर्दछ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016