२०७७ श्रावण २३

लकडाउनमा बालबालिकाहरुको शिक्षा

रोजी प्रधान 

कोरोना भाइरसको संकमण बढ्दै गएसँगै नेपाल सरकारले देशभर लकडाउनमा कडाई गरेको छ । त्यसले गर्दा बिद्यालयहरु बन्द भएको महिनौ भइसक्यो । अझै कति समय बन्द रहिरहन्छ, निश्चित छैन । यो बन्दको समयमा कति अभिभावकहरुले आफ्ना साना नानी–बाबुको पढाई हुन नसकेको गुनासो गरिरहनु भएको छ भने कतिले आफ्ना बालबालिकाहरुलाई सम्हाल्न अप्ठ्यारो भएको महसुश गरिरहनु भएको छ। पक्कै पनि बालबालिकाहरुलाई पढाइबाट बन्चित गर्नु ठिक होइन। सिकाईको केन्द्र हुन अभिभावकहरु, अहिले त झन् थप औपचारिक शिक्षक–शिक्षिकाको भुमिका समेत निभाउनु पर्ने अवस्था आई परेको छ। घर, बिद्यालय तथा अभिभावक, शिक्षक पक्कै पनि हुनु हुदैन किनभने जुन न्यानोपन घरसँग associated हुन्छ । त्यो अरु ठाँउमा बालकले पाउनै सक्दैन। अब घरमा शिक्षक जस्तो नबनी बालबालिकाहरुलाई कसरी सिकाउने त्यो हरेक अभिभावकहरुले पक्कै जान्न चाहनु हुन्छ। साथै इन्टरनेट तथा मोवाइल बिना नै पनि कसरी सिकाउने भन्ने कुरा हालको परिस्थितिमा उपयोगी हुन सक्छ। हामीले अप्ठ्यारो अवस्थाबाट सिक्दै जाने हो। अप्ठ्यारोेलाई अवसरको रुपमा लिनु पर्छ।

 

 

बिद्यालय वा शिक्षक केन्द्रित सिकाईको विकल्पको रुपमा बालकेन्द्रित सिकाई लागु गर्ने यो उपयूक्त बेला हुन गएको छ। अहिलेको अवस्थाको सिकाई वास्तविक सिकाई हुन सक्छ किनभने यो सिकाई परिक्षालाई मध्यनजर गरेर पाठ सक्ने हतार रहदैन। सिकाई जहिले पनि र जहा पनि भैरहन्छ। यो नियमित र प्राकृतिक प्रकृया हो। सिकाईको लागि कक्षा कोठा वा material हरु नै आवश्यक छ भन्ने पनि हुँदैन । बालबालिकाहरुलाई सिकाउन कुनै एक विषय नै लक्षित हुनु भन्ने छैन तथा कुनै एक स्थान वा समय चाहिदैन। पढ्नु भन्दा सिक्नु धेरै महत्वपूर्ण हो। जस्तै उदाहरणको रुपमा ः सानो नानी–बावु आमासँग भान्सा कोठामा रहेको बेला भान्सालाई नै बिद्यालयको रुपमा लिन सकिन्छ। सबै विषयहरुको materials भान्सामा नै हुन सक्छ। त्यहा भएको भाँडा, थाल, चम्चा आदि प्रयोग गरी संख्या गन्न लाउन मिल्छ , भाडाको आकार तथा तौलबारे बुझाउन मिल्छ । तरकारी तथा मसलाको नाम सिकाउन सकिन्छ । भाडा बनेको पदार्थ जस्तै फलाम, तामा, सिसा सेरामिक आदि चिनाउन सकिन्छ । तरल ठोस तथा वाफ ९क्तबतभ या (State of water)  पनि त्यही जान्दछन। कस्तो प्रकारको खानामा कुन पौष्टिक तत्व पाईन्छ भनेर भन्दा पनि हुन्छ।

 

 

यसरी एउटा कुनै वस्तु वा स्थानको वरिपरि रहेर धेरै विषयको ज्ञान नानी–बावुले पाउछन। साथै यस तरिकाको सिकाईबाट बालबालिकाहरुलाई अल्छी लाग्दैन। कुनै कुरा पढाउदा र सिकाउदा जब बालबालिकाहरुलाई पढाएको जस्तो महसुस हुन्छ, त्यही बेला देखि उनीहरुलाई पढ्न मन लाग्न छोड्छ। त्यसैले पढ्ने भन्ने शब्दलाई खेल्ने शब्दले replace गर्दा ठिक हुन्छ । हामी भन्न सक्छौ ल, अब क ख ग घ लेख्ने खेलौ। फेरी पनि, लेख्ने कामको लागी कपी कलम नै चाहिन्छ भन्ने पनि हुदैन। एउटा थालमा सुजी वा कुनै प्रकारको दाल राखेर साना बालबालिकाहरुलाई औलाले लेखाउदा, उनीहरुको ] sensory skill  पनि विकसीत हुन्छ साथै अक्षर पनि लेख्न सक्छन्। यसरी प्रयोग गरिने थाल तथा दाल दिनै पिच्छे बदलि दिदा बालबालिकाहरुमा excitement रहिरहन्छ।

 

 

प्राय विद्यालयमा curriculumभित्र रहेर पढाईन्छ । अहिलेको लकडाउनको सदुपयोग गरेर हामीले हाम्रा नानीबावुहरुलाई आफु बस्ने ठाँउको वाताबरण तथा सेरोफेरोलाई आधार मानेर शिक्षा दिन सक्छौ। आफ्नो ठाउ,सस्ंकृती, त्यहाको चलन, प्रकृित तथा प्राकृतिक बनौटलाई आधार मानेर दिएको शिक्षा व्यवहारिक रुपमा दैनिक जीवनमा प्रयोग गर्न सक्छन। बाटो नपुगेको गाँउको साना वालकलाई traffic rule पढाउनु भन्दा भिर पहरामा कसरी सुरक्षीत भएर हिड्नु पर्छ भनेर सिकाउनु धेरै राम्रो हो। यसै गरी, हामीले पनि यो लकडाउनको बेला विभिन्न व्यवहारिक ज्ञान वालकलाई दिन सक्छौ। नत्र प्रयोग नहुने शिक्षामा वालक रमाउन सक्दैनन्।

 

 

हामीले घरमा गर्ने हरेक कृयाकलाप बालवालिकाहरुको लागि सिकाइ बन्न सक्छ । उदाहरणको रुपमा आमाले आप्mनो सानो नानीलाई सुन्तला खुवाउदै पनि गणित, अंग्रेजी, सामाजिक शिक्षा, विज्ञान आदि थुपै कुरा सिकाउन सक्नुहुन्छ । एउटा सुन्तलाबाट आकार, रंग,स्वाद, गंध (sense organs)  को ज्ञान वालकले लिन सक्छ । सुन्तला फल्ने समय बारे भन्दा चारवटा मौसम हुन्छ पनि भन्न सकिन्छ । सुन्तला वियाबाट रोप्ने बारे सिकाउन सकिन्छ । मल हाल्दा सुन्तलाको बिरुवा ठूलो हुन्छ भनेर बुझाउदै गर्दा, रासायनिक मल भन्दा प्रांगारिक मलको महत्व बुझाउन सकिन्छ । पं्रागारिक मलको सँगै फोहर ब्यवस्थापनको बारे भनिन्छ । घरमा अरु बालक छन् भने बाडेर खानुपर्छ (sharing is caring) भनेर ज्ञान दिन सकिन्छ । सुन्तला खाँदै गर्दा नै फलफुलको भाग तथा विरुवाको भाग बारे बालकले सिक्दछ । साथै सरल भाषामा खाना मुखबाट गएर के हुन्छ भनेर पाचन प्रणालीको बारेमा बुझाउन सकिन्छ। यसरी एउटै बस्तुबाट हामीले साना नानीहरुलाई जिवनउपयोगी शिक्षा दिन सक्छौ ।

 

अन्तमा, हामी अहिलेको परिस्थितीले उव्जाएको मनोवैज्ञानिक तनाव बच्चामा नपोखौ, वच्चालाई गाली नगरौ, असल नागरिक बन्ने शिक्षा दिऔ, धेरै माया दिऔ, आजको चकचके बालक नै भोलीको राम्र्रो समाज निर्माता हुन् भन्ने हामीले बिर्सन हुदैन ।

(प्रधानः नागार्जुन नगरपालिका ६ स्थित शुभारम्भ प्रि–स्कूलकी संस्थापक प्रधानाध्यापक हुन । )

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016