२०७७ जेष्ठ २३

कालिमाटी वृत्त ‘शिल’ गरेपनि प्रहरीको कोरोना परिक्षण भने प्रक्रियामै

काठमाडौं, ८ जेठ । महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि डेढ सय प्रहरी अधिकृतलाई  क्वारेन्टाइनमा राखिएको छ । संक्रमण पुष्टि भएसँगै मंगलबार राती नै सबैको ड्युटी बन्द गरि पुरै वृत्त शिल गरेर प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

 

 

क्रमितलाई भने सशस्त्र प्रहरीको अस्पतालमा राखिएको छ।

 

 

तर, वृत्तमा क्वारेन्टाइनमा राखिएकाहरुको अहिलेसम्म कोरोना परीक्षण सुरु गरिएको छैन । कोरोना संक्रमण पुष्टि भएका अधिकृतहरु पनि यसअघि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए । सो कारण परीक्षण नहुन्जेल उनीहरुमा संक्रमणको मानसिक त्रास कायमै छ । क्वारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण प्रक्रियामै रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपि श्याम ज्ञवालीले जानकारी दिए । हिमाली खबरसँगको कुराकानीमा उनले भने–‘वृत्त शिल गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना परीक्षण प्रक्रियामै छ, त्यसका पनि केही प्रक्रिया हुदाँ रैछन्, तर अव छिटै सुरु हुन्छ ।’

 
वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौं परिसरले लिएको छ । क्षेत्रगत आवश्यक अनुसार प्रहरी परिचालन गरिएको पनि उनले जानकारी दिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016