२०७७ श्रावण २३

नेपाल प्रहरीको डिएसपी बढुवामा एक कुशल दम्पती गुरुङ र घिमिरे पनि

काठमाडौं ,५ जेठ । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

सिफारिसमा परेका  ६० मध्य १६ नम्बरमा शर्मिला गुरुङ र ३८ नम्बरमा अनिलकुमार घिमिरे छ्न । नाताले यी दुइ श्रीमान- श्रीमति हुन । अनिल २०६४ र शर्मिला २०६७ सालमा प्रहरी सेवामा प्रबेश गरेका हुन ।

 

अनिलले यसअघि नेपाल प्रहरी ईलाका कार्यालय  बनेपाको प्रमुख र महानगरीय अपराध महाशाखामा रहँदा उत्कृष्ट   कार्य सम्पादन गरेका थिए । हाल उनी संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत छन् ।

 

त्यस्तै शर्मिलाले महानगरीय प्रहरी प्रभाग बलम्बुको प्रमुखको रुपमा उत्कृष्ट कमाण्ड सम्हालेकी थिइन । हाल उनी  प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन । प्रहरी भित्रै यी दम्पतीलाई  निर्भिक, निडर र निस्वार्थी  सेवकको रुपमा चिनिन्छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016