चार महिला इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौं, ५ बैशाख । नेपाल प्रहरीका चार महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
६० जना इन्सपेक्टर मध्ये चार महिला डिएसपीमा बढुवाका लागि सिफारिस भएका हुन ।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुलाई सोमबार डिएसपीमा बढुवा सिफारीस गरेको हो ।बढुवा हुनेमा प्रहरी निरीक्षकहरु शर्मिला गुरुङ, पूर्णिमा कुमारी चन्द, चन्चला श्रेष्ठ र रुपा लाबुङ छन् ।
चन्द १२ नम्बरमा, गुरुङ १६ नम्बरमा, श्रेष्ठ २१ नम्बरमा र लाबुङ २३ नम्बरमा बढुवा भएकी हुन् । इन्स्पेक्टरहरु चन्द, गुरुङ, श्रेष्ठ र लाबुङ २०६७ भदौ २४ मा प्रहरी निरीक्षकबाट सिधै नेपाल प्रहरीमा प्रवेश गरेका हुन ।








भिडियो
Leave a Reply
Be the First to Comment!