पर्यटन व्यवसाय जोगाउन तत्काल राहत प्याकेज ल्याउनुपर्छ ः अध्यक्ष गुरागाई
काठमाडौं, २७ बैशाख । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाईले पर्यटन क्षेत्रको संरक्षणका लागि सरकारले तत्काल ठोस राहत प्याकेज ल्याउन माग गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनका कारण नेपालको समग्र अर्थतन्त्र प्रभावित भएपनि सबैभन्दा धेरै असर असर पर्यटन क्षेत्रमा परेको भन्दै उनले व्यवसायको संरक्षणका लागि राहत प्याकेज ल्याउन माग गरेका हुन ।
सरकारले व्यावसायीहरुका समस्या समाधान गर्दै लैजानेमा व्यवसायीहरु आशावादी रहेको अध्यक्ष गुरागाईले बताए । उनले नेपाल पर्यटन वोर्डले पर्यटन क्षेत्रलाई पुनः गतिशिल बनाउन तत्काल २० अर्बको प्याकेज ल्याउनुपर्ने बताइसकेको र त्यो प्याकेज ल्याइएमा केही सहायता मिल्ने विश्वास व्यक्त गरे ।
सन् २०१९ को अन्तिमबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा पर्यटक आगमन ठप्प छ ।








Leave a Reply
Be the First to Comment!