२०७७ कार्तिक ८

कोरोनाले समस्यामा परेको पर्यटन झेत्र उकास्न नयाँ सोचको विकास गर्न भिटाेनकाे माग

काठमाडौं,२६ बैशाख । गाउँले पर्यटन-नेपाल (भिटाेन) ले बाह्य पर्यटनको आगमन हुने परिस्थिति नबनेसम्मका लागि कुनै वैकल्पिक सोचलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ । अहिले सम्पुर्ण  विश्व कोरोना भाइरस (कोभिड)को महामारीबाट गुज्रिरहेको र सो कारण नेपाली पर्यटन उद्योग गम्भीर अवस्थामा पुगेको भन्दै भिटोनले सम्बद्ध सबैको ध्यानाकर्षण गराएको हो ।

 

 

भिटोनका अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले अहिलेको यथार्थ सबैमा अवगत नै भएको बताउँदै महामारीका कारण देशको समग्र आर्थिक, व्यावसायिक गतिविधि नराम्रोसँग प्रभावित भइरहेको भए पनि सबैभन्दा ठूलो प्रभाव पर्यटन क्षेत्रमा परेको बताए । ‘महामारीको चपेटामा नराम्ररी फसेको पर्यटन व्यवसाय तथा पर्यटनसम्बन्धी सम्पूर्ण निकायलाई यतिखेर गहिरो पीडा महशुस हुनु स्वाभाविक नै हो । हामी समस्त पर्यटन व्यवसायीहरू यस वर्ष नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष VNY-20 Campaign को सफलताको लागि लागिपरेको अवस्था थियो । त्यसको तयारीमा ठूलो समय र लगानी खर्चिसकेको अवस्थामा फैलिएको महामारीले भ्रमण वर्षबाट हुने उपलब्धिको आशा छताछुल्ल भएर हामीलाई निराशाको बाटोमा धकेलिदिएको छ’, शर्माले बताए ।

 

 

अब यस परिस्थितिमा हामी सम्पूर्ण पर्यटन व्यवसायी तथा यससँग आश्रित सबैले बाह्य पर्यटनको आशा वा पर्यटक आगमन हुने परिस्थिति नबनेसम्मका लागि कुनै वैकल्पिक सोचलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस गरी अगाडि बढ्नुबाहेक हाललाई अन्य विकल्प नरहेको पनि शर्माले बताए । ‘यो अवस्थामा नेपाल राज्यभर रहेका प्राचीन, ऐतिहासिक, रमणीय स्थलमा समय सापेक्ष उचित भ्रमणको लागि प्याकेजहरु बनाई गाउँले पर्यटन (Village Tourism) वा आन्तरिक पर्यटन (Domestic Tourism) का योजना बनाई सम्बन्धित निकाय वा संस्था मार्फत नेपाल सरकारको पर्यटन सम्बद्ध निकाय वा नेपाल पर्यटन बोर्डको उचित लगानीमा अघि बढ्नुपर्ने तत्कालको आवश्यकता देखिन्छ’, शर्माले बताए ।

 

 

शर्माले यस विश्व महामारी तथा नेपाली पर्यटनमा लागिरहेको उच्च धरासायीको अवस्थामा देशको राजनीतिक तरलतालाई केन्द्र नबनाई सबै पीडित पर्यटन व्यवसायीहरु ठूला, साना, मझौला, धनी, गरिब, पहुँचवाला वा अरु कुनै नभनी एकाग्र भई इमानदारीका साथ अघि बढ्नुपर्ने आजको टड्कारो आवश्यकता र चुनौती भएको बताए । `यो समग्र परिदृश्यप्रति गाउँले पर्यटन नेपाल (Village Tourism,Nepal–VITOUN) को गम्भीर ध्यानाकर्षण भएकाले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आवश्यक पर्ने सम्पूर्ण कार्यक्रमका लागि यस संस्थाले लिएको प्रण गाउँ पर्यटन आधार, स्थानीय विकास साकार लाई हृदयमा राखी यस परिप्रेक्ष्यमा हामीले खेल्नुपर्ने सबै भूमिकामा हामी सदैव तयार रहेको जानकारी गराउँछौँ । सामूहिक संकल्प र प्रयासले नेपाली पर्यटन क्षेत्रलाई यो संकटबाट पार लगाउन हामी अवश्य सक्षम हुनेछौँ भन्ने दृढ विश्वास लिएका छौँ’, शर्माले भने ।

 

 

शर्माले विश्वका शक्तिशाली देशहरु यो महामारीको निवारणका लागि अध्ययन अनुसन्धान, स्वास्थ्य सामग्रीको व्यवस्थापन, संक्रमणको रोकथाम र अन्त्यको प्रयासमा सम्पूर्ण स्रोत साधन र जनशक्ति परिचालन गरेर दिन रात नभनी लागिपरेको र महामारीले पूरै विश्वको अर्थतन्त्रमा नराम्रोसँग आघात पुगेको बताउँदै भने–‘यस महामारीबाट हाम्रो विकासशील मुलुक नेपालमा परेको प्रभावबारे अहिले नै यकिन तथ्य प्रस्तुत गर्न सकिने अवस्था छैन । यद्यपि, सबैखाले उद्योग, व्यवसाय र नागरिकको दैनिकीमा लामो समयदेखि यो महामारीको प्रभाव परिरहेको हामीले प्रत्यक्ष भोगिरहेका छौँ । यो एक सरुवा रोगको महामारी भएकाले र अहिलेसम्म कुनै ठोस औषधी पत्ता नलागेकाले यसको असर कति समय रहन्छ भन्ने पनि एकिन गर्न सकिने अवस्था छैन ।’

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016