२०७७ माघ १३

नुवाकोटका ३ वटा गाउँपालिका सबै स्वास्थ्य केन्द्रमा अधिकारीले पुर्याए स्वास्थ्य सामग्री

काठमाडौं, २५ बैशाख । नुवाकोटको ३ वटा गाँउपालिकाको सबै स्वास्थ्य केन्द्रमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) पु¥याइएको छ। समाजसेवी शिव अधिकारीले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि तारकेश्वर, किस्पाङ्ग र मेघाङ गाउँपालिकाका स्वास्थ्य केन्द्रमा पिपिई प्रदान गरेका हुन ।

तारकेश्वरका सबै स्वास्थ्य केन्द्रमा खटिने स्वास्थ्यकर्मी र २ जना एम्बुलेन्स चालकलाई पिपिई सेट सहित मास्क, साबुन, ग्लब्स लगायत सरसफाइका सामग्री गिरिजा प्रसाद कोइराला फाउन्डेसन तारकेश्वर गाउँपालिका कमिटी मार्फत वितरण गरिएको छ। तारकेश्वरमा ६ वटा वडा रहेका छन् ।

 

 

त्यस्तै, किस्पाङ्ग र मेघाङ गाउँपालिकको स्वास्थ्य केन्द्रका लागि १०÷१० सेट पिपिई सहित स्यानिटाइजर, ग्लब्स र माक्स प्रदान गरिएको छ।

 

जनताको स्वास्थ्य उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै  विभिन्न सहयोगी मनहरुसँगको सहकार्यमा अधिकारीले पिपिई सेट सहित मास्क, ग्लब्स, साबुन लगायत स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री प्रदान गरेका हुन । उनले आगामी दिनमा पनि संक्रमणको जोखिमलाई ध्यानदिदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

 

कोरोना संक्रमणका कारण उत्पन्न संकटका बेला सेवामा रहदा हुनसक्ने सम्भावित जोखिमबाट बचाउन स्वास्थय सामग्री प्रदान गरेको अधिकारीले बताए । हालसम्म ३७ थान पिपिइ प्रदान गरिसकेको उनले जानकारी दिए ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
Contact Office
Welcome Digital pvt.ltd
Department of Information and Broadcasting
Reg.no. 1624⁄2076-077
Kamaladi, Kathmandu
Contact : 01-4258581
Email : himalikhabar10@gmail.com
Editor : Shanker PD.Pandit


www.himalikhabar.com All rights reserve 2016