२०७७ मंसिर १३

पर्यटन क्षेत्र पुनरुत्थानका लागि २० अर्बको कोष आवश्यक

काठमाडौं, २४ बैशाख । यदी परिस्थती सबै ठिकठाक भएको भए यतिबेला नेपालका पर्यटकीय क्षेत्र र होटलहरुममा पर्यटक भरिभराउ हुन्थे । तर, सन् २०१९ को अन्तिममा चीनबाट सुरु भई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा पर्यटक आगमन ठप्प भयो । जसले गर्दा व्यवसायीलाई व्यवसाय बन्द गर्ने सम्मको निर्णयमा पुग्न बाध्य बनाएको छ।

 

 

होटल व्यवसायीहरुले त अवको ६ महिना होटलको सेवा बन्द गर्ने र कर्मचारीलाई मासिक तलबको १२.५ प्रतिशत भुक्तानी दिने निर्णय गरिसकेका छन् । विभिन्न संघ संस्थाहरुले गरेको अध्ययनले पनि यो महामारीको प्रभाव पर्यटनमा दीगो हुने छ । लकडाउन खुकुलो हुनेवित्तिकै अर्थन्त्रका अन्य क्षेत्रहरु विस्तारै सहज हुँदै गएपनि पर्यटन भने पहिलेकै अवस्थामा फर्कने कम्पनीमा ३ वर्ष लाग्ने अनुमान छ ।

 

 
नेपाल पर्यटन बोर्डले नेपालमा ३ वर्षसम्म पर्यटन क्षेत्र प्रभावित हुने अनुमान गरेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले अघिल्लो वर्षकै अवस्थामा पुग्न सन् २०२२ सम्म कुर्नुपर्ने अनुमान गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको एक अध्ययनले पनि धेरै लामो समयसम्म पर्यटन क्षेत्र प्रभावित हुने बताएको छ।

 

मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालको पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँको लगानी रहेको छ। ७ लाख बढीले रोजगारी पाएका छन् ।  तारे तथा पर्यटकस्तरीय गरि कूल होटलको संख्या १ हजार २८९ छ । तयहाँ १० खर्ब रुपैयाँ बढीको लगानी छ । त्यस्तै, पर्वतारोहण र पदयात्रा व्यवसायमा पनि ठूलो जनशक्ति आवद्ध छन् भने अबौंको लगानी छ ।

 
एयरलाइन्स, क्यासिनो,रेष्टुरेन्ट, र्‍याफ्टिङ, पर्यटक यातायात, पथप्रदर्शक लगायका व्यवसायमा पनि ठूलो घाटा छ । व्यवसायीहरुले बैंकको साँवा र व्याज भुक्तानीमा समस्या परेको गुनासो गर्न थालेका छन् । पर्यटनमा १५ खर्ब रुपैयाँ लगानी रहेको अनुमान छ । कोरोनाले समग्र पर्यटन क्षेत्र नै प्रभावित भएकाले सरकारले तत्काल २० अर्ब रुपैयाँको पुनरुत्थान कोष बनाउन व्यवसायीको सुझाव छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Email : himalikhabar10@gmail.com
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016