२०७७ जेष्ठ २३

सेभ द चिल्ड्रेनद्वारा नेपाल सरकारलाई १ हजार ७ सय ४३ सेट पिपिई र अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड–१९ (कोरोनाभाईरस) को संक्रमण रोक्न सघाउने उद्देश्यले १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

 

 

कार्यक्रममा मन्त्री ढकालले सेभ द चिल्ड्रेनले प्रदान गरेको सहायताले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमणबाट रोक्न सहयोग गर्ने बताए ।

 
सेभ द चिल्ड्रेनले उपलब्ध गराएका पिपिई सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेका छन् । आफ्नो प्राथमिकता कोभिड–१९ को संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकाहरुसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने रहेको सेभ द चिल्ड्रेनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरणका क्षेत्रमा सेभ द चिल्ड्रेन निरन्तर क्रियाशिल रहने, स्वाथ्यकर्मीहरूलाई जीवन बचाउका सामग्रीहरु सहज रुपमा उपलब्ध गराउने र सहयोग गर्ने कार्यमा प्रतिबद्ध रहेको पनि सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले बताइन ।

 
सेभ द चिल्ड्रेनले आफ्नो नियमित र ग्लोबल फण्डको आर्थिक सहायता प्राप्त परियोजनाहरुबाट संघीय, प्रादेशिक र स्थानीय सरकार मार्फत् कोभिड(१९ सँग सम्बन्धित सेवाका लागि तत्काल आवश्यक पर्ने मेडिकल र अन्य सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ ।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016