भारतमा एकैदिन ३९ सय जनामा कोरोना संक्रमण, १ सय ९५ को मृत्यु
काठमाडौं,२३ बैशाख । भारतमा एकैदिन थप ३ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना संक्रमण देखिएयता पहिलो पटक एकैदिन धेरै जनामा संक्रमण देखिएको हो ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ३३ पुगेको छ । यसअघि भारतमा मे ३ मा एकैदिन २ हजार ६ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो । साथै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट भारतमा १९५ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५ सय ६८ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये १२ हजार ७ सय २७ जना निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा सोमबार मात्रै ८२ हजार ७ सय ९२ जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म भारतमा करिब १२ लाखको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणबाट एसियाकै ठूलो मानिने धारावी सुकुम्बासी बस्तीमा प्रभावित भएको छ । धारावीमा आइतबार मात्रै ९४ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिलेसम्म धारावीमा २० जनाको मृत्यु भएको छ भने ६३२ जनामा संक्रमण देखिएको छ ।








Leave a Reply
Be the First to Comment!