२०७७ श्रावण २३

राष्ट्रको राजनैतिक चुनाैती अझै चुलिन सक्छ : समाधान र बिष्लेषण सहित ५ बुँन्दे सुझाव ।

हरी भक्त श्रेष्ठ

 

काठमाडौं । हामीले हाम्रो सन्ततिको उज्जल भबिष्य स्थापित गर्न र बिदेशीको अगाडि शान सँग आफ्नो भनाइ  राखेर स्थापित हुने मन थियो । जबसम्म देशमा राजनैतिक स्थायित्व हुन्न , तब न गाैरब गर्न सकिने कुरा आउछ, न त जनताको मनोबल नै उच्च हुन्छ। तसर्थ , मैले देखेका राजनैतिक बिमारीहरू प्रस्तुत गरेको छु ।

 

एउटा साधारण जनता र नेकपाको कार्यकर्ताको आखाँबाट:

 

सरकार गिराउने खेल किन आवश्यक  छैन:

 

१.के.पी.ओलीले राष्ट्रबादी नेतृत्वदायी भुमीकालाई बढी फोकस गरि गर्न सकिन्छ भन्ने आत्माबल देखाएको भएर,राष्ट पुर्ण बिचलित  हुदाँ पनि सकिन्छ भन्ने सपना देखाएकाले ।

 

२.जसले जे ब्याख्या गरेपनि एकताको सुत्रधार र प्रचण्डलाई सँगसँगै हिंड्न सकिन्छ, देशको विकास नै स्थिरता हो,भन्ने भावना जगाउन सकेर र उनैको एकलाैटि कारणले सजिलाे बहुमत ल्याएर सरकार बनेकोले ,कम्पिलिट चलाउन दिनु पर्छ भन्ने जनताको भावना भएकोले ।

 

३.अन्तरराष्टिय रुपमा कुटनैतिक राजनैतिक स्थापित गरेर , बिदेशी दुतलाई हुंकार गर्ने क्षमता देखेर ल्यान्डलक रास्ट्रको उत्तरि ढोका सजिलै खोलेको देखाएर र हामी हाम्रा हरेक अनुकुल रोज्न सक्छाै भन्ने देखाउन सकेको भएर ।

 

४.संघिय साशनलाई व्यवस्थित गर्न सक्ने आत्माबिवास देखेर र देशको समिर्दिको व्यापार गर्न लाएक छ भन्ने सपना देखाएर र तर सानो देशमा यत्रो खर्च हुने सँघियतालाई समय आएपछि हटाउदाँ हुन्छ र गर्नु पर्छ भन्ने व्याख्या गरेको भएर ।

 

५.अन्तरराष्ट्रिय प्लेट फर्ममा आत्मा विश्वासका साथ आफ्नो राष्ट्रको विषय प्रस्तुत गर्न सक्ने भएर र अन्तराष्टिय जगतमा हामी सक्षम छाै भन्ने देखाउन सकेर ।

 

सरकार गिराउने पर्ने कारणहरु:

 

१.सरकारमा आसिन मन्त्रीहरु वा तिनका नजिकका आसेपासेहरुले जन्मजात नै शासनको बागडोर आफ्नै अधिकार हो , प्राणी मध्येका सर्बो उत्कृष्ठ प्राणी हामी हौ , हामीले जे बोल्दा नी हुन्छ, भन्ने जस्तो मनोबिक्रति प्रस्तुत गरेको भएर (माफी चाहन्छु सबै यस्ता छैनन ,एक दुईजनाको कारणले) ।

 

२.पार्टी एकता गरिसकेपछि अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड), माधबकुमार नेपाल, झलनाथ खनाल र बामदेब गौतमलाई पटक पटक बिश्वासमा लिदै , लालच दिदै फसाउदै जस्तो गरि पोलिटिकल हाईटलाई सकाउने दुस्साहस गरेर ।

 

३.सुखी नेपाली र समृद्धी नेपाल भन्ने नारा आर्कषित हुदाँ हुदै यसले कतै लागु गर्न सकेको जस्तो न त जनताले अनुभुत गरे, न त चुनाव पछि , कुनै नेताले जनताको चाहना केछ भन्ने बुज्ने कोशिश गरे , चुनावताका गरिएका हरेक बाचा खोपिल्टाको कुनामा राख्नाले , चुनावताकाको जति आत्मविश्वास कार्यकर्ता जनतामा थियो, त्यो करीब करीब जितेको ठाँउ जाने करिब करिब निश्चित छ , तर प्रत्रिपक्षको हालत ठिक नभएकोले बाँकी समय सरकार परिवर्तन गरि राम्रो काम र जनताले महशुश हुने काम गरे नतिजा अझै राम्रो हुने झिनो आशा भएकोले ।

 

४.सरकारबाट भएका हरेक कृयाकलापहरु भष्ट्राचारतिर उन्मुख भए वा नभएपनि प्रत्रिपक्ष भन्दा पार्टीकै बिपक्षले आवाज उठाउने नै लोकतान्त्रीक परिकल्पना हो, हामी करीब करीब लोकतान्गीक मुल्य मान्यतामा अभ्यस्त हुन लागेको भन्ने आभास हुदै, थोरै भनेपनि उज्यालो देखाउनाले र एम. सि. सि. भन्ने अमेरीकाको मिलिनियम च्यालेन्ज प्रोग्राम जनताको भावना बिपरित आउन लागेको भएर ।

 

५.आम जनताको र कार्यकर्ताको चाहना पहिलो र दोस्रो लेयरका नेताहरुलाई अभिभाबकिय भुमिका निभाउने र तेस्रो लेयरका नेताहरुलाई नेतृत्व गर्नलगाई , नयाँ बर्गलाई देश बिकाशको मार्ग परस्त गर्न मौका दिने र पहिलो र दोस्रो लेयरका बुद्धिजिबिलाई समेत अभिभाबकिय भुमिकामा बस्न लगाउने , नयाँ भिजन र नयाँ सोचका साथ राष्ट्रलाई हाक्ने माैका दिने ।

 

(बरिस्ठ पर्यटन व्यावसायि हरी भक्त श्रेष्ठ, नेकपामा  आबद्द हुनुहुन्छ )

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016