२०७७ जेष्ठ २३

ब्रिटेनमा सुरु गरिएको कोरोना भाइरसको खोप परीक्षण कसरी हुँदैछ

काठमाडौं, १२ बैशाख । ब्रिटेनको अक्सफोर्डमा मानिसमा कोरोनाभाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको छ। यो युरोपकै पहिलो कोरोनाभाइरस खोप परीक्षण हो।

 

यस अध्ययनको लागि चयन गरिएका ८ सयभन्दा स्वयम्‌सेवकहरूमध्ये दुईजनाबाट त्यसको सुरुवात गरिएको हो। आधाजसोले कोभिड–१९ का खोप प्राप्त गर्नेछन् भने आधाले रोनाभाइरसको नभइ मेनिन्जाइटिसको खोप प्राप्त गर्नेछन्। ती स्वयम्‌सेवकहरूले आफूले कुन खोप पाएको भन्ने थाहा पाउने छैनन्। डाक्टरहरूलाई भने त्यो थाहा हुनेछ।

 

यो खोप गत तीन महिना भित्र अक्सफोर्ड विश्वविद्यालयको एक टोलीले तयार पारेको हो। जेनर इन्स्चिच्युटमा खोपविज्ञानकी प्राध्यापक सारा गिल्बर्टले प्रि(क्लिनिकल अध्ययनहरूको नेतृत्व गरेकी छन्। निश्चय नै हामीले यसलाई मानिसहरूमा जाँच गरेर त्यसको विवरण लिनुपर्छ। यो साँच्चिकै काम गर्छ र मानिसहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित हुनबाट रोक्छ भन्ने कुरा ठूलो जनसङ्ख्यामा लैजानु अगाडि नै तय गर्न सक्नुपर्छ।प्राध्यापक गिलबर्टले यसअघि खोपले काम गर्नेबारे आफू ८० प्रतिशत विश्वस्त भएको बताएकी थिइन्।

 

यो खोप चिम्पाञ्जीबाट रूघाखोकी निम्त्याउने एड्नोभाइरसको एउटा कमजोर संस्करणबाट तयार पारिएको हो। यसलाई परिस्कृत पारेर मानव शरिरमा हुर्कन नमिल्ने गराइएको छ। अक्सफोर्डको यस टोलीले मर्स भनिने भिन्नखाले कोरोनाभाइरसको खोप विकास गरिसकेको छ। वास्तविक सङ्क्रमितमा गरिएको प्रयोगमै त्यसले विश्वसनीय नतिजाहरू देखाएको थियो।

Leave a Reply

Be the First to Comment!

Notify of
avatar
wpDiscuz
भिडियो
सम्पर्क कार्यालय,
Welcome Digital Pvt.ltd
Kathmandu, Kamaladi
सूचना तथा प्रशारण विभाग दर्ता नं: १६२४/०७६/०७७
Phone : 9851117401
Email : himalikhabar10@gmail.com
Editor :Shanker Prasad Pandit
Web : www.himalikhabar.com
www.himalikhabar.com All rights reserve 2016